निधाउनु अघि तिम्रो मुस्कान सम्झिए गोविन्द अनुरागी

गोविन्द बहादुर विक (अनुरागी)
कालिकोट

म निधाउनु अघि तिम्रो मुस्कान सम्झिए ।
पहिलेकै बालोपनि अनि जवान सम्झिए ।।

सम्झिन त हरेक दिनरात भन्दैन सम्झनाले ।
आज तिमिले गुहारेको तनमन सम्झिए ।।

लेख्ने रहर हुदा हुँदै पनि कलम खोसिन्छ ।
वाउ आमाले पढाएको हरदिन सम्झिए ।।

अरु भन्दा मेरी आमाको वोलि काफि छ ।
समाजका अघि दुश्मनको गुन सम्झिए ।।

धन्यवाद अनुरागी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *