नबिल बैंकलाई लकडाउन अबधिभरलाई अध्यक्ष बमले दिए ५० भाडा छुट

नमराज न्याैपाने  पलाता : जिल्ला को पलाँता गाउँ पालिका स्थित नविल बैंकको भाडा दर घटेको छ । कालिकोट जिल्ला पलाँता गाउँ पालिकाको थिर्पु स्थित ए एन बि हस्पिटल प्रा.लि को कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका पलाँता बैंक कर्मचारी  व्यवसायी र घरधनीहरूबीच करिब छ मैना सम्मको ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाको घरमा रहेको नबिल बैंकको भाडा दर ५० % घटाएको ए एन बि हस्पिटल प्रा.लि संन्चालक गोरिकला बमले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना भाइरस कोभिड १९ को महामारी सङ्गै बिश्व ब्यापी फैलिएको कोरोना भाइरस लाई मध्य नजर गर्दै मासिक ५०,००० को ५० % छुटको गाउँ पालिका अध्यक्षको निर्देशन पछि आफुले छुट गरेको बताउनु भयो ।

पलाँता गाउँ पालिका सरकारले आफ्नो घरको कोठा भाडामा लिएर बस्नेहरुका लागि ६ महिनाकाे घर भाडा ५० % छुट गर्न पलाँता गाउँ पालिका अध्यक्षको निर्देशन पछि आज ६ महिनाको घरभाडा मिनाहा गर्न लागेको र  भाडाको घर बहाल कर पलाँता गाउँ पालिका अध्यक्षले नलिने निर्णय गर्नु भयेको छ ।

सामाजिक संजाल हरुमा सार्वजनिक गर्दैसरकारका प्रमुख समेत रहेका ने क पा जिल्ला कमिटी सदस्य एवम गाउँ पालिका अध्यक्ष बमले यस्तो जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *