कृर्षकले आफुले उत्पादन गरेको तरकारि र बन्दाको माला लगाएर स्वागत

कालिकोट निर्वाचन क्षेत्र नम्वर ख का नेकपा संयोजकलाई राष्कोटका कृषकले आफुले उत्पादन गरेको तरकारि र बन्दाको माला लगाएर स्वागत गरेका छन् । जिल्लाको राष्कोट नगरपालिकाको वडानं। ९ को ताम्तिका कृषकले लगाएको तरकारि खेति अनुगमनको क्रममा नेकपाका नेता जगतबहादुर शाही ,वडाअध्यक्ष डवल बोगटि लगाएत अनुगमनका गएका अनुगमन टोलिका सदस्यहरुलाई बन्दाको माला लगाएर स्वागत गरेका हुन् ।

राष्कोटका कृषकले लेकालि भागमा उत्पादन गरेको तरकारि खेति र कृषि क्षेत्रको संभावनाका लागि गरियको एकिकृत भ्रमणका क्रममा कृषकले अनुगमन टोलिका सदस्यहरुलाई कृषकहरुले उत्पादन गरेका बस्तुको उचित मुल्य र आम्दानिको लागि सहज बाताबरण कायम गर्न पहल चाल्नका लागि अनुरोध समेत गरेका छन् ।

अनुगमनका गयका राष्कोट ९ का वडाअध्यक्ष डबल बोगटिले नगरपालिका र वडाकार्यपालिकाले कृषि क्षेत्रमा लगानि गरेको क्षेत्रको संभावनाको अध्यान गर्ने र कुन क्षेत्रमा के उत्पादन गर्दा कृषि र कृषकको आय वृद्धि गर्ने उद्धेश्यले भ्रमण तथा अनुगमनको आयोजना गरियको बताउनु भयो ।

अनुगमनका गएका निर्वाचन क्षेत्र नम्वर ख का नेकपाका पार्टि संयोजक जगतबहादुर शाही शिखरले कृषि उत्पादनलाई बजारिकरण गर्नका लागि कृषिमा सहज अनुदान लगायतको ब्यबश्थापन गर्नका लागि स्थानिय सरकारलाई कृषि पकेट र स्याउ जोनलाई तिव्रता दिन समेत दवाब दिने बताउनु भयो । उक्त भ्रमणमा वडानं। ७,८ र ९ का जनप्रतिनिधि राजनितिक दलका प्रमुख प्रतिनिधि,कृषकहरुको संयूक्त सहभागिता रहेको हाम्रा संवाददाता दसरथ उपाध्यायले जानकारि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *