प्रेस संगठन नेपाल कालिकोटको पहिलो वैठक सम्पन्न।

प्रेस संगठन नेपाल कालिकोटको पहिलो एैतिहासिक तथा आपताकालिन वैठक विभिन्न निर्यण गदै सदरमुकाम मान्ममा सम्पन्न भएको छ । प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरतराज विस्टको सभा अध्यक्षतामा शुरु भएको वैठकमा प्रेस संगठनका केन्दिय सदस्य कालि बहादुर मल्लको प्रमुख आतिथ्यता र प्रदेश कमिटि सदस्य हरुको विषेश उपस्तिथिमा वैठक सम्पन्न भएको हो ।वैठकले रेडियो पलाता एफ एममा लागेको ताला खुलाउन र कोरोना कहरमा श्रमजिवि पत्रकारमा परेको असरलाई समाधान गर्न संगठनले महत्वपुण भुमिका खेल्लने निर्यण भएको छ । पलाता सरकार र स्थाानिय पाटिको विचको कलहका कारण, संञ्चार माध्याममा ताला लगाएर रेडियोका ७ जना कर्मचारि घर फर्केनु खान लागेको मुखको गासलाई बन्द गरिनु श्रमजिवि पत्रकारहरुको लागि अमान्य रहेको भन्दै, जिल्ला संगठनका संयोजक, सह संयोजक, प्रदेश कमिटि सदश्य लगायतको गाउँपालिका अध्यक्ष र स्थानिय पाटि संग वार्ता कमिटि गठन पनि गरेको छ ।

पलाता जस्तो दुर्गम क्षेत्रमा नागरिकको शुचना पाउने अधिकारको हनन् भएको भन्दै तत्काल रेडियोको ताला खोल्ने वातावरणको शृर्जना गर्नु पर्ने भन्दै सम्बन्धित निकायलाई दभाव गर्ने निर्यण गरिएको छ । साथै कोरोना कहर अथवा, लामो समयको बन्दाबन्दिका कारण केहि श्रमजिवि पत्रकारहरुले जागिर वाट हात धोएर जानु पर्ने स्थिति आएको र फेरि पनि यस्तो अवस्था आउन नदिन संगठन कडारुपमा लागिपर्ने निर्यण गरिएको छ ।

वैठकले कालिकोटको एक मात्र मधमारा जलविद्युत आयोजना अवरुद्ध भएकाले तत्काल वैकल्पिक वाटो अपनाएर अवरुद्ध विद्युत सुचारु गर्न दभाव शृर्जना गर्ने पनी निर्यण गरेको छ । उज्यालो अभियानको नारा मात्र लगाए र नहुने भन्दै, अन्धकारमा वस्न वाध्य कालिकोट वासिलाई तत्काल वैकल्पिक वाटो अपनाएर उज्यालो दिन सम्बन्धित निकायलाई दभाव दिने निर्यण गरिएको छ । साथै वैठकले, कोरोना कहरको वेला संवेदनशिल रुपमा काम गर्ने पत्रकारहरुको प्रदेश सरकार मार्फत कोरोना परिक्षण र कोरोना कोष स्थापना गर्ने आग्रह गर्ने पनि निर्यण गरिएको छ ।

साथै श्रमजिवि पत्रकारहरुको हकहितका लागि संगठन लागि सधै साथर सयोग गरिरहने निर्यण पनि गरेको छ । यस्तै संञ्चार माध्यमको लागि विद्युत महशुल छुट गराउने निर्यण गरेको छ । वैठकमा, प्रेस संगठन नेपाल कर्णाली प्रदेश कमिटिका सदश्य रत्न कार्कि, प्रेमराज सिम्खाडा, पवित्र कुमार शाही, दिलिप कुमार शाही, वरिष्ट पत्रकार तथा संगठनका नेता कृष्णराज धमला, र संगठनका सचिवालय सदस्यहरुको सहभागितामा वैठक सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *