बमले आफ्नो जन्मदिनमा मृगौला पिडीतलाई सहयोग ।

कालिकोट जिल्लाको पलाता गाउँपालिीका अध्यक्ष लक्ष्मण बमले आफ्नो जन्मदिनको अवसरमा नरहरीनाथ गाउँपालिका ८ लालुका का मृगौला पिडीत रेसमा बिकलाई तिस हजार सहयोग गर्नु भएको छ । गाउँपालिका अध्यक्ष बमले जन्मदिनको अवसरमा दिउसो जिल्ला अस्पतालमा रहेका बिरामीलाई सिरक,डस्ना  फलफुल  बितरण   गर्नु भएको थियो । आइतबार ३३ वर्ष पुरा गरेर ३४ वर्षमा प्रबेश गरेका बमलाई सर्पराइज दिदै पलाताका युवाहरुले सदरमुकामको होटेल मदनको सभाहलमा भब्य एक कार्यक्रमको आयोजना गरेका थिए । सदरमुकाममा रहेका रेडियो संञ्चारकर्मी राजनितिक दलका प्रमुख प्रतिनिधि र बमका आफन्तहरुको सहभागिता रहेको कार्यक्रममा सत्तारुढ दल नेकपाका कालिकोट जिल्ला अध्यक्ष धनजित शाहीले केक काट्नु भयो भने प्रदेश सभा सांसद कुर्मराज शाहीले पानसमा बत्तिबालेर जन्म दिनको अबसरमा अध्यक्ष बमका शुभचिन्तकहरुले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *