अनेरास्ववियू कालिकोटद्धारा मान्म बजारमा १००० माक्स निशुल्क बितरण

कर्ण कुमाल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु कालिकोटले मान्म बजारमा KN 95 माक्स निशुल्क बितरण गरेको छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्यूनिकरण गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु कालिकोटले एक हजार KN 95 माक्स निशुल्क रुपमा माक्स बितरण गरेका हो ।

  
अनेरास्ववियु केन्द्रीय सदस्य भिम प्रसाद आचायले कोरोना भाईरस सम्बन्धि सचेतना जोगाउनका लागी माक्स बितरण गरेका आर्चायले जानकारी दिए । हरेक नागरिकले आफ्नो घरमा मात्र कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, माक्सको प्रयोग गर्ने, भीडभाडमा नजाने जस्ता उपाय सिकाउदै अनेरास्ववियु कालिकोटमा संयोजक मनसिंह शाहीले कोरोनाको जोखिम कम हुने बताउदै उहाले कोरोनाबारे हरेक घरमा सचेतना पुगाउन उपयुक्त माध्यम बन्ने बताए । उहाले भन्नु भयो ,। यसले स्थानिय नागरिकहरुलाई पनि माक्सको प्रयोग गर्ने बानीको पनि विकास गराउने छ । सदरमुकाममा समेत कोरोनाको त्रास रहेको बताउदै उहाले यसको बारेमा सचेतनामुलक कार्यक्रम र जानकारी दिनु आवश्यक रहेकोले माक्स बितरण गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु कालीकोटका संयोजक शाहीको भनाई छ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु सचिवालय सदस्य अमित शाही ,मिनराज न्यौपाने ,रमेश शाही लागएतका टोलीले जिल्लामा कुनै सभा सम्मेलन तथा मान्छेहरुको भीड लाग्ने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् । कोरोना कहरको बेला यस्तो सामाजिक सेवामा सहयोग पुर्याउने अनेरास्ववियु कालिकोटका संयोजक मनसिंह शाही लगायत सम्पुर्ण संगठनलाई बधाई समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *