दलित महिलाको लागी सिप विकास केन्द्रको भवन पलाँतामा निर्माण
नमराज न्यौपाने पलाता कालिकोट
जिल्ला पलाँता गाउँ पालिका वडा नम्बरर ९ स्थित बार्खे बजारमा सिलाइ कटाई सिपकेन्द्रको भवन सामाजिक दुरि कायम गरि आइतबार बिहान सिल्यानेस गरि सोमबार सम्पन्न भयको छ । सिलाइ कटाइ सिपकेन्द्रको अफिसले पलाँतामा रहेका बेरोजगार युवा युवतीहरुका लागि सिपको सिर्जना गरि आत्मनिर्भर बनाउन माननीय मुख्यमन्त्री दलित महिला आय आर्जन कार्यक्रमको ४९४००० को बजेट रहेको कार्यलयको भवन निर्माणमा पलाता सरकार लागि परि सम्पन्न गरिएको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले बताउनु भयो ।
उहाँका अनुसार आयोजना पलाता गाउँ पालिकाको कार्यलय बाट बेहोर्ने लागत रु ४ लाख ९४ हजार र कन्टिजेन्सी ४ पर्तिशत १९७६० रहेको जानकारी दिनुभयो । आयोजनामा लगानी पलाता सरकारको आयोजना बाट लाभान्वित जनसंख्या १५० घरधुरी रहेको बताइएको छ । उपभोक्ता समिति अध्यक्ष टिउ दर्जिका अनुसार दुई दिन भित्र तयार गर्न गाउँ पालिका अध्यक्षको निर्देशन पछि आफु हरु लागि परि दुई दिनमा तयार गरेको बताउनु भयो । सरकारको सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्ने उद्देश्यले दलित महिलाहरुको लागी सिप बिकास केन्द्र भबनको निमार्ण गरिएको पलाता गाउपालीका अध्यक्ष लक्ष्मण बहादु बमले बताउनु भयो । बमले दलित महिलाहरुको लागी सहर्ज हुनाकालागी पालीकामा सिप बिकास केन्द्रको भवन स्थापना गरेको ध्यानमा राखेर सिप सिकेर व्यक्तिगत जीवनमा परिवर्तन गर्न सुझाव दिनु भयो छ ।