अनेरास्ववियु कालिकोटको एकता टुंगियो 


कमल कुमाल
कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु कालिकोटको एकता प्रक्रिया टुंगिएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य श्री भिम प्रसाद आचार्यको प्रमुख आथित्यतामा भएको एक कार्यक्रममा एकता टुंगिएको हो । लामो समयदेखि एकता हुन नसकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटिको देशभर जस्तै कालिकोटमा पनि सहज रुपमा एकता भएको छ । अनेरास्ववियु कालिकोटमा मनसिंह शाही संयोजक,सन्तोष महतारा सह संयोजक रहने गरि ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । यस्तै अनेरास्ववियु कालिकोटमा १७ सदस्यीय सचिवालय सदस्य र ७ सदस्यीय कार्यालय टिम रहने गरि गठन गरिएको हो ।

अनेरास्ववियु केन्द्रीय सदस्य भिम प्रसाद आचार्यले भने अबका दिनमा एकता कहिलै नटुंगिने,एकता मजबुत बनाएर लिने,समाजमा आईपरेका विभिन्न घटना माथि सकारात्मक सोच लियर बिरोध गर्दै समाधान खोज्ने बताएका छन् । उनले भने बिद्यार्थीको हितका लागि अनेरास्ववियु सधै लागि रहेको छ । अझै नेपालका विभिन्न ठाउँमा रहेका बिद्यालयमा महंगो शुल्क लियर बिद्यार्थीलाई ठग्ने,अभिभावकलाई पीडा दिने जस्ता हर्कत गर्नेलाई अनेरास्ववियुले सावधानी दिनेछ ।

कार्यक्रमका विशेष अतिथि प्रेस संगठनका जिल्ला संयोजक भरतराज बिष्टले एैतिहासिक एकता प्रक्रियालाई पुर्णता दिन उकाली,ओराली,भिर,पाखा नभनी अनेरास्ववियुका नेताहरुले बिद्यार्थीको हितका लागि मात्र नभएर नेपालको राजनैनिक अबस्था बुझि सहि कामको सहि विश्लेषण र गलत कामको सजकता अपनाउन पहल गर्दै बिरोध गर्न आग्रह गरे । बिष्टले भने अनेरास्ववियु जस्तो गौरब शाली बिद्यार्थी संगठनमा कुनै किसिमको भेदभाव नहुने गरि एकता प्रक्रियामा खटपट नआओस भन्दै नयाँ कमिटिलाई बधाइ दियका छन् ।

यस्तै अनेरास्ववियुका जिल्ला संयोजक मनसिंह शाहीले अबका दिनमा अनेरास्ववियु एक्लो नभएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एक हुदा अब हिजोका दिनमा भन्दा अबका दिनमा नयाँ काम गर्न सकिने बताए । उनले भने नेपालभरिका प्रत्येक बिद्यालयमा गठन भएका अनेरास्ववियुका कमिटीले देशकै शिक्षा प्रणालीमा परिवर्तनको संबाह ल्याउन सक्नु पर्ने बताउदै पार्टीले पनि संगठनलाई सहयोग गर्नु पर्ने बताएका छन् ।  अनेरास्ववियुका बरिस्ठ जिल्ला कमिटी सदस्य एवं पुर्व अनेरास्ववियुका संयोजक प्रभानन्द आचार्यले सधैका बर्षभरि अनेरास्ववियु एक्लै भएपनि काम गरिरहेको बताउदै अब दोब्वर काम गर्नु पर्ने बेला आएको बताए । एकता प्रक्रियापछि अनेरास्ववियु झन बिकासको बाटो खोज्दै लम्कने बताउदै सम्पुर्णलाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *