सुनथरालि र सदरमुकाम जोड्ने केबुलकारको सम्भाब्यता गर्ने अध्यक्ष बिष्टको भनाई

सुनथरालि बिमानस्थलदेखि जिल्ला सदरमुकाम हुदै मान्म जोड्ने केबुलकार निर्माणका लागि सम्भाब्यता अध्यन गर्न नरहरिनाथ गाउपालिकाले
सातौ गाउसभाबाट निति तथा कार्यक्रम पास गरेपछि जिल्लाबासिको अधुरो सपना पुरा हुने भयको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिले आफ्नो सातौ गाउसभाबाट जनमैत्रि जनपक्षिय निति तथा कार्यक्रम पारित गरेको हो । स्वास्थ्य शिक्षा, पुर्वाधार, खानेपानि तथा सरसफाई, कृर्षि, पशुपंक्षि, यूवा तथा खेलकुद, सहकारि तथा संघसस्था, कला धर्म र सँस्कृति, महिला बालबालिका जेष्ठ नागरिक र फरक क्षमता, सुचना प्रविधि, लघु जलविद्युत्त पर्यटन, बतबाताबरण तथा विपद ब्यबश्थापन, रोजगार, प्रधानमन्त्रि रोजगार कार्यक्रम, पुरुस्कार तथा प्रोत्साहन, राहत तथा उद्धार, उद्योग बाणिज्य, सुशासन र कर शिर्षकमा आधारित बजेट बिनियोजन गर्ने निति तथा कार्यक्रम उक्त गाउ सभाले पास गरेको छ सम्पन्न गाउसभाले आगामि आर्थिक बर्ष २०७७÷७८ का लागि कोरोना नियन्त्रण तथा रोकथामको महान अभियान सँगै आर्थिक बिकास तथा समृद्धृ आत्म निर्भर बनाउन तर्फ गाउपालिकालाई अग्रसर बनाउने र प्राथामिक mस्वास्थ्य केन्द्र कुमालगाउमा ५० सैयाको आइसुलेसन कक्ष निर्माण गर्ने, बिरामिको स्वास्थ्य अबश्थालाई मध्यनजर गर्दै, गाउपालिकाले एवुलेन्स सञ्चालन गर्ने, निति तथा कार्यक्रममा तय गरिएको छ । सम्पन्न गाउसभाले नरहरिनाथ गाउपालिकामा वैकल्पिक कक्षा सञ्चालन गरि सवैलाई साक्षर बनाउने, कोभिड १९ लाई मध्यनजर गरि प्रत्येक महिना बिधार्थिको स्वास्थ्य परिक्षण गर्ने, बिद्यालयका कक्षा कोठा छापामय गर्ने, उत्कृष्ट बिद्यालयलाई पुरुस्कृत गर्ने,

परिक्षालाई मर्यादित बनाउन अनुगमनमा जोड दिने जनाइएको छ । सभामा निति तथा कार्यक्रम प्रस्तुत गदै  गाउपालिका अध्यक्ष धिरबहादुर बिष्टले छिमेकि गाउपालिका सँग समन्वय गरि सुनथरालि सान्नि त्रिवेणि, रुप्सा सान्नि त्रिवेणि, अन्तरपालिका जोड्ने सडकनिर्माणका लागि बिषेस जोड दिनुका साथै लालिघाट सुनथरालि बडिमालिका पर्यटकिय सडक मार्ग निर्माणका लागि संघ र प्रदेश सँग बजेट माग गर्ने र गाउपालिकाबाट पनि आबश्यक बजेटको ब्यबश्थापन गर्ने बताउनु भयो । नरहरिनाथ गाउपालिकामा खानेपानिको अभावहुन नदिन एक घर एक मिटर सहितको धारा कार्यक्रमलाई प्रभावकारि बनाइने, पानिको सम्भाबित श्रोतको पहिचान गरि प्रत्येक वडामा सिचाई कुलो निर्माण गरिने, खुलालुमा रहेको दुध डेरिलाई ब्यबश्थित गरिने, एक घर एक करेसाबारि, एक गाउ एक पहिचानकार्यक्रम लागु गरिने, उत्पादिन कृर्षि बस्तुको बजारिकरणका लागि ढुवानिमा सहुलियत दिइने, कृर्षि उत्पादनमा जोड दिदै गरिवि उन्मुलनका गर्नुका साथै आर्थिक क्रान्तिमा जोड दिने, खेलाडिलाई खेलकुदका माध्यमबाट प्रोत्साहन गर्ने,

रहगाडमा रहेको खेलमैदानलाई थप प्रभावकारि बनाइने, यूवा शक्ति परिचालन गर्ने, बिकासनिर्माणमा तिव्रता दिइने सहकारिमा संघ साझेदारि गरि सुपथ मुल्य पसल सञ्चालन गर्ने अध्यक्ष बिष्टले प्रस्तावित गरेको निति तथा कार्यक्रमलाई सम्पन्न गाउ सभाले पारित गरेको छ । गाउपालिका भित्र रहेका ऐतिहाँसिक धार्मिक सम्पदाको अभिलेखिकरण गरिसंरक्षण गर्ने, महिला बालबालिका, जेष्ठ नागरि र अल्पसंख्यक फरक क्षमता भयका नागरिक समान अवसर कायम गर्ने रणनीति तयार गरिने बालश्रममुक्त गाउँपालिका घोषणाका लागि पहल गरिने, नरहरिनाथ गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउनका लागि गाउँपालिकाले १ सय वाटको रेडियो सुनथराली संचालन गर्ने, धाचुखोला जल विद्युत आयोजनालाई संचालन गर्ने, एक वडा एक पर्यटकको पहिचान गरिन नमुना पर्यटकीय गन्तव्य क्षेत्र निमार्णमा जोड दिने निती तथा कार्यक्रम पेश गरेको छ । नरहरिनाथ गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगार सिर्जन ागर्न अध्यक्ष रोजगार कार्यत्रम संचालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने, एसइइ परिक्षामा उत्कृठ हुने विद्यार्थीलाई पुरस्कृत गर्ने, कर्मचारीको तह हेरी २० प्रतिशत सम्म तलव बृद्धि गर्ने अध्यक्ष विष्टले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकालाई सुचनामैत्री बनाउनका लागि सुशासनका कार्यक्रम पनि गाउँसभाले पारित गरेकोछ । गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्ने भएको छ । सार्तौ गाउँसभाको निति तथा कार्यक्रम अध्यक्ष विष्टले प्रस्तुत गरिसकेपछि गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले गाउँपालिकाले पारित गरेको निति तथा कार्यक्रमका लागि चालु खर्च तर्फ ३५ करोड ६२ लाख, ५१ हजार ६ सय ९० रहेको छ भने, पुजिगत तर्फ १७ करोड ५७ लाख, ७८ हजार गरि जम्मा ५३ करोड २० लाख २९ हजार ६ सय ९० रुपैया सहितको बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले गाउँपालिकाको सार्तौ गाउँसभाले पारित गरेका सम्पूर्ण निति तथा कार्यक्रम यसै वर्षभित्रमा सम्पन्न गरिसक्ने बताउनुभयो  नरहरिनाथ गाउपालिकाको सातौ गाउसभाले आगामि दिनमा ल्याउने निति तथा कार्यक्रमले जनताको आगन पहिचान गरि जिबन परिवर्तन हुने खालका लोकप्रिय कार्यक्रम पारित गरोस भन्दै अधिबक्ता हिक्मत बिष्ट, नेकपा कालिकोटका सचिव नगेन्द्र शाही नेष्नल, अध्यक्ष धनजित शाही र राष्ट्रिय सभासदस्य माननिय जिबन बुढाले शफल्ताको शुभकामना दिनु भयको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *