रास्कोट नगरपालिकाको छैटौं नगरसभा उद्धघाटन ।

  कमल कुमाल कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको छैटौं नगरसभा बुधबार भब्यरुपमा उद्धघाटन गरिएको छ । कृषि, पर्यटन,सहरिकण र बिद्युतको पुर्वाधार,शुन्दर सम्बृद्ध उज्यालो रास्कोटको आधार भन्ने मुख्य नाराकार साथ रास्कोट नगरपालिकाले आ।व २०७७।०७८ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । निति तथा कार्यक्रममा रास्कोट नगरपालिकाले २२ हजार समुदायको र्निजिबन बिमा गर्ने,२ हजार बेरोजगार यूवायूवतिलाई रोज्गारि दिने,श्रम रोनगार बैंकलाई थप व्यवस्थीत र बिस्तार गर्ने,२ हजार घरमा मिटर सहितका धारा जडान गर्ने,१५ सैयाको अस्पताल निमार्ण गर्ने,बृहत जलासाय परियोजनालाई सम्पन्न गर्ने र पर्यटन क्षेत्रको संरक्षण तथा सम्बद्धन,कृषि शिक्षा,स्वास्थ्य,रोजगारि,सडक खानेपानिका योजनाहरुलाई प्राथमिक्ता दिने र लालिघाटको घटनामा मृत्यू भएका परिवारलाई राहतको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरु लाई नगरको निति तथा कार्यक्रममा समाबेस गरेर लैजाने बताईएको छ । नगरले ल्यायको निति तथा कार्यक्रमका आधारमा बुधबार बजेट प्रस्तुत गर्ने तयारि भैरहेको रास्कोट नगरपालिकाका नगर प्रमुख कासिचन्द्र बरालले बताउनु भयो । नगरको हाल सम्मको कामको समिक्षा गर्दै नगरको सम्वृदि र समुदायको आयश्रोतमा बृदि ल्याउन आगामि आ।वको निति तथा कार्यक्रमले रोजगारमा केन्द्रित हुनेखालका योजना ल्याउन लागियको नगर प्रमुख बरालले बताउनु भयो । नगरसभामा नगर उप प्रमुख मिमसरा बम ९ शाही ० वडा अध्यक्षहरु,सदस्य,कार्यपालिका सदस्य लगायतका सरोकारवालाहरुको उपस्थितिमा उद्धघाटन गरियको छ । उक्त कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्यले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *