नरहरिनाथ गाउँपालिकामा हेलिप्याड निर्माण कार्य सम्पन्न

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट, उपाध्यक्ष मनशोभा बुढा र वडा नं ३ का वडा अध्यक्ष टक्क बिष्टले संयुक्त रुपमा स्थलगत अनुगमन गरी हेलिप्याड छोटो समयमै स्तरीय निर्माण भएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारको एक पालिका एक हेलिप्याड निर्माण कार्यक्रम अन्तर्गत ९ लाख बिनियोजित रकम मध्ये गत जेठ ७ गते मात्र गाउँपालिका शिलान्यास गरिएको हेलिप्याड करिब २७ दिनमा हेलिप्याड निर्माण सम्पन्न गरिएको हो ।

अबदेखि सुत्केरी महिला तथा अति आकस्मिक विरामीहरुले सुविधा सम्पन्न अस्पतालको पँहुचबाट अकालमै ज्यान गुमाउनुपर्ने पिडाँलाई कम गर्नका लागि समेत बहुउपयोगी माध्यमका रुपमा लिईएको यो हेलिप्याडले गाउँमा निकै ठुलो राहत हुने भएकाले स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!