अध्यक्ष बमलाई मुद्दा छानमिन पछि पार्टीले जिम्मेवारीमा फर्कायो ।

कालिकोट जिल्लाको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम लाई पार्टिले जिम्मेवारिमा फर्काएको छ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला पार्टिलाई पालिकाको पार्टिले भ्रष्टाचार को आरोप लगाएर मुद्धा दिएपछि जिल्ला पार्टिले निलम्बनमा राखेको थियो । जिल्ला पार्टिले उक्त मुद्धाको छानबिनका लागि छानबिन समिति समेत गठन गरेको थियो । जिल्ला पार्टिले अध्यक्ष बमको कुनै दोस नभएपछि निलम्बन फुकुवा गरिएको पार्टि श्रोतले जनाएको छ ।

पालिकामा आफ्नै पार्टिका नेता तथा कार्यकर्ताहरु बिच बिबाद चर्किदै जाँदा दुई पक्ष बिच झडप समेत भएको थियो । उक्त झडबमा परेर अध्यक्ष बमकि श्रीमति शक्त घाइते भइ हेलिप्याड मार्फत सुर्खेत अस्पतालमा उपचार गराइएको थियो । उक्त झडबको मुद्धा दर्ता भई नेकपाका केहि नेताहरुको नाममा मुद्दा दर्ता समेत भएको थियो । उक्त मुद्धा कानुनले टुङ्याउने गरि पार्टी भित्रको बिबाद   सामाधान गरिएको नेकपा श्रोतले जनाएको छ । अबदेखि पलाँता पार्टि एक भएर जाने भनि सहमतिका साथ मिलापत्र गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *