आफ्नो चरित्रहत्या गर्ने प्रयास गरियको भन्दै अध्यक्ष बम

कालिकोट जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले अरुको बिषय र प्रसंगमा आफुलाइ जोडि आफ्नो चरित्रहत्या गर्ने प्रयास गरियको भन्दै खेद प्रकट गर्नु भएको छ । सामाजिक संजाल फेसबुक मार्फत आफुलाइ गालि गलोज का साथै ज्यान मार्ने धम्किसमेत दिएको भन्दै पलाता गाउँपालिका वडानं ४ का रकम बुढालाइ सोहि पालिका निवासि जलसा बुढाले जिल्ला प्रहरि कार्यालयमा उजुरि दिएपछि उनि पक्राउमा परेका हुन । पक्राउ परेका रकम बुढा लाइ मेरो आडमा टेकेर जो कोहिलाइ ज्यान मार्ने धम्कि दिने गरेको र उ मेरो स्वाकिय सचिव हो मेरै सपोर्टमा चल्छ भन्ने भ्रमात्मक कुरामाथि आफ्नो चरित्रहत्या गर्नु निन्दनिय भएको भन्दै अध्यक्ष बमले खेत प्रकट गरेका छन् ।

उनले भने, पिडित भनिने जलसा बुढाले पनि आफ्नो ब्याक्तिगत कुरामा अध्यक्ष बम लाई नजोड्न भनि सामाजिक संजाल फेसबुकमा लेखेको देख्दा देख्दै पनि काम नपायर रात दिन आफ्नो पछि लागि रहने केही सत्यहिन अनलाइनले आँखा चिम्लि समचार लेखेको प्रति घोर आपत्ती प्रकट गर्दछु ।

पछिल्लो समयमा पलाताका बिभिन्न घटनाहरुमा पनि मेरै योजनामा फ्याक आइटि मार्फत गालिगलोज गरेको भन्ने जस्ता बिभिन्न आरोप प्रत्यारोप लगाइ चरित्र हत्या गर्नु कतिको मानवता हो, घटनाको छानबिन र सत्य तथ्यको आधारमा मात्रै बिषयमा माथि खण्डन गर्न आग्रह गर्नु भएको छ । संका र आकलन गरेको भरमा जो कोहिको चरित्रमाथि खेलबाड गर्नु र अबास्तबिक तथ्यलाइ प्रमाणीत गर्न खोज्नु सुनियोजित सडेन्त्र भएको दाबि गर्नु भएको छ ।

मानिसहरुका सोचाइ र दृष्टिकोण भिन्ना भिन्नै तरिकाका हुन्छन भनिन्छ “फुुलको आँखामा फुलै संसार काँडाको आँखामा काडै संसार” भनेजस्तै यो बिपय र घटना पर्ति कोहि कसैको संका नरहोस र पिडितलाइ न्याय दिलाउन आफुपनि सक्दो सहयोग गर्ने अध्यक्ष बमले बताउनु भएको छwww.tilanews.comसाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *