प्रेस युनियनले बाड्यो पत्रकारलाई स्वास्थ्य सामाग्री ।

नेपाल प्रेस युनियनले कालीकोट जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि कालीकोट जिल्लामा रहेका पत्रकाहरुको सुरक्षाका लागि प्रेस युनियनले जिल्ला शाखाको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र प्रसाद भट्टराईको नेतृत्वमा आएको टोलिले जिल्लामा रहेका पत्रकारहरुलाई मास्क, सेनिटाईजर वितरण गरेको हो । वितरणमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले कालीकोटमा स्वास्थ्य सामाग्री वितरण गर्न आउदा चुनावी माहोलमा भोट माग्न आएको भनेर गलत हल्ला फिजाएको बताए । उनले भने, अहिले चुनावी माहोल पनि छैन, हामी पत्रकारका समस्या र कोरोनाबाट पत्रकारलाई बच्नका लागि स्वास्थ्य सामाग्री वितरण गर्न आएका र्हौ तर केही अराजक तत्वहरुले भोट माग्न आएको भन्दै गलत हल्ला फैलाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन जिल्ला शाखा सुर्खेतका अध्यक्ष नरेशसिंह थापाले पत्रकारको सुरक्षा अहिले प्रमुख आधार भएको बताए । उनले भने अहिले कोरोनाको उच्च जोखिममा पत्रकार र सुरक्षाकर्मी भएकाले आफुहरुले सुर्खेत देखि जुम्ला सम्मको कर्णाली राजमार्गमा रहेका प्रत्येक प्रहरी विटलाई पनि स्थास्थ्य सामाग्रि दिएका र्छौ ।

त्यस्तै कार्यक्रममा प्रेस युनियनका नेता मोतिराम पौडेलले देशभरका पत्रकारको सुरक्षाका लागि नेपाल प्रेस युनियन लागि परेको बताए । उनले भने पत्रकारको हक हितका लागि युनियन साथमा छ सत्य तथ्यमा रहेर समाचार सम्प्रेसण गर्नुपर्छ । नेपाली काँग्रेस जिल्ला प्रदेश क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले पत्रकाहरुमा आन्तरिक द्धन्द्धको अन्त्य गर्नुपर्ने धारणा राखे । उनले भने, पछिल्लो समयमा कालीकोटमा पत्रकार र प्रेस युनियनको जो आन्तरिक द्धन्द्ध छ त्यसलाई समाधान गर्न तर्फ युनियनका साथिहरु लाग्नु पर्छ ।

प्रेस युनियन जिल्ला शाखाको निर्वाचन भएको करिव १ वर्ष वित्नै लाग्दा पनि कालीकोटमा विवाद कायमै रहेकाले यसलाई सुझाउन युनियन नेतृत्वलाई आग्रह गरे ।

प्रेस संगठनका केन्द्रिय सदस्य तथा पत्रकार महाँसंघ जिल्ला शाखा कालिकोटका सल्लाहकार कालि बहादुर मल्ले कालिकोटमा प्रेस यूनियनको समन्वयमा यो कोरोनाको कहरका विचमा विभिन्न निकाय संगको समनवयमा पत्रकारको हितका लागि विभिन्न खालका राहतका कार्यक्रमहरु संचालन गरेकोले प्रेश यूनियन टिमलाई धन्यबाद दिनुभएको छ । उहाँले भन्नु भयो समाज रुपान्त्र र पिडितहरुले पाउन नसकेको न्यायका बारेमा वकालत गर्ने समाजमा सुशासन कायम गर्न अहोरात खटिरहने पत्रकाहरुपनि कोरोनाको कहरका कारण ठुलो जोखिममा रहेको बताउनु भयो । यो बिसम परिस्थीतिमा पत्रकारहरुको चुलोमा आगो बल्न समेत बन्दहुने स्गीतिले केहि पत्रकारहरु विस्तापित हुनु पर्ने अबस्था समेत सृजनाहुनसक्ने वताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोट अध्यक्ष तुलाराम पाण्डेले कोरोना कहर सामान्य नभए पुन पनि पत्रकारको सुरक्षाका लागि सुरक्षा सामाग्री उपलव्ध गराउन आग्रह गरे । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव पवित्र कुमार शाहीले युनियनले राम्रो कामको थालनि गरेको आफु खुसी भएको बताए ।

प्रेस संगठन नेपाल कालीकोटका अध्यक्ष भरतराज विष्टले जिल्लामै आएर पत्रकारको चुनौति र स्वास्थ्य सामाग्रि वितरण गरेकोमा युनियनलाई धन्यवाद दिए । उनले पत्रकारको हकहितका लागि विभिन्न प्रेस संगठनहरु एक हुन अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा रेडियो प्रदेश आवाज संचालक समितिका अध्यक्ष रत्नबहादुर कार्कीले कालीकोटमा पत्रकारहरु विच आपसि समझदारी नभएकाले केही कठिनाइ भएको बताए । उनले भने, पत्रकारले समाचार लेख्ने हो समाचार लेख्नुभन्दा पहिले फेसबुकमा यो समाचार आउर्दै छ भनि उल्लेख गर्नु कुनै पनि व्यक्तिसंग बाग्रेंनिङ सरह हुने भएकाले त्यसो नगर्न आग्रह गरे ।

नेपाल प्रेस यूनियनका केहि अग्रज पत्रकारहरुको समन्वय तथा व्यक्ति गत सहयोगमा प्रेस यूनियन जिल्ला शाखा कालिकोटका पदाधिकारिहरुको लागि प्रेस जाकेट,सेनिटाईजर,KN95 मास्क कालिकोट शाखाका अध्यक्ष नमराज योगिलाई हस्तान्त्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *