कर्णाली जेसिस कालीकोटले क्वारेन्टाइनमा बसेकालाई फलफुल बितरण

कर्णाली जेसिस कालीकोटले क्वारेन्टाइनमा बसेका नागरिकलाई फलफुल वितरण गरेको छ । जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको चुलिमालिका माध्यमिक विद्यालय घोडेनाको क्वारेन्टाईनमा बसेका १ सय ५८ जनालाई कर्णाली जेसिसले आप र केरा वितरण गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले देश बन्दाबन्दीमा रहेका बेला कालीकोटका क्वारेन्टाईनमा बसेका नागरिकलाई कर्णाली जेसिसले फलफुल वितरण गरेको कर्णाली जेसिस वर्ष २०२० का अध्यक्ष सविन कुमार विष्टले बताउनु भयो ।

उहाले भने, ‘अहिले मास्क, साबुन भन्दा पनि फलफुलको आवश्यकता भएकाले आफुहरुले फलफुल वितरण गरेका हौँ ।’करिव ३ हजार बराबरको फलफुल कर्णाली जेसिसले चुलिमालिका क्वारेन्टाईनमा बसेका नागरिकलाई वितरण गरिएको कर्णाली जेसिसका कार्यकारीणी उपाध्यक्ष लक्ष्मण शाहीले बताए । फलफुल वितरण कार्यक्रममा कार्यकारीणि उपाध्यक्ष तुलाराज पाण्डे, महासचिव हरिस बोगटी कानुनी सल्लाहकार पुष्पराज भट्टराई धर्मराज शाही उपाध्यक्ष सदस्य खगेन्द्र पाण्डे र नेविसंघका नेता दिर्घ बहादुर शाहीको समेत सहभागिता रहेको फलफुल वितरण कार्यक्रममा आफुहरुले पहिलो पटक यसरी फलफुल पाएको क्वारेन्टाईनमा बसेका नागरिकले बताए । हामीलाई यत्ति बेला पोषिलो खानेकुराको आवश्यकता पर्छ अरु व्यवस्था पूर्ण रुपमा राम्रो भएपनि फलफुल भने पहिलो पटक पाएको भन्दै आफुहरु खुसी भएको बताइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *