आइसोलेसन बाट २ जना कोरोना जितेर घर फर्किय

कालिकोटका २ जना कोरोना पोजेटिभ उपचार पछि निको भएर घर गएका छन । आईसोलेशनमा रहेका ४ जना मध्ये आज २ जनालाई डिस्चार्ज गरिएको छ । कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट बिहिबार पिसिआर रिपोर्ट नेगेटिभ आएका शुभकालिका गाउपालीका बडा न ५ का २६ बर्षिया १ जना पुरुष र सान्नि त्रिबेणि गाउपालीका बठडा न २ का २० बर्षिया एक जना महिला रहेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारि कटक महतले जानकारि दिनु भएको छ ।


यस अघि सो आईसोलेशनबाट २५ जना निको भएर घर गएका थिए । कोरोना संक्रमित भएकाहरुलाई आईसोलेशबाट घरमा २१ दिन सम्म होम क्वारेन्टिनमा बस्ने गरि घर पठाईएको बताईएको छ । अहिले जिल्लाभर पछिल्लो समयमा १४ जना सान्नि त्रिबेणि गाउँपालिकाका गरि १६ जना मात्र आईसोलेशनमा रहेको महतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *