लालिघाट दुर्घटनाका पीडितलाई अमेरिकाबाट घिमिरेको सहयोग ।

कालिकोटको लालिघाटमा भएको टिप्पर दुर्घटनाका पीडित परिवारहरुलाई अमेरिकाबाट सोमनाथ घिमिरेरले सहयोग गरेका छन् । लालिघाट टिप्पर दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका परिवारहरुलाई मानवियताका हिसाबले गिरिजाप्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेले राहत स्वरुप ५० हजार सहयोग गरेका हुन । गत जेठ द्दड गते भारतबाट फर्केका मानिसहरुलाई क्वारेन्टाईनमा लिन लागिएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका चार जना, वेपत्ता ज्ञ जना र ११ जना घाईते भएका थिए । ती सबै पीडित परिवारको दुखमा साथ दिन नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीको पहलमा समाजसेवी घिमिरेर सहयोग गरेका हुन ।

लामो समयदेखी अमेरिकामा बस्दै आएका समाजसेवी घिमिरेले भारतमा मजदुरी गरि घर फर्किएका नागरिकहरु दुर्घटनामा परेर ठुलो क्षेती भएकाले आफुले उनीहरुको पीडामा सहभागी हुन थोरै भएपनि सहयोग गरेको बताए । उनले भने, लालिघाट टिप्पर दुर्घटनाले भारतमा मजदुरी गरेर परिवार पाल्ने मान्छेको ज्यान गयो । भारतमा रगत पसिना बगाएर कमाएको मजदुरको कमाई पनि टिप्परसँगै कर्णालीमा बग्यो । लालिघाट दुर्घटनामा ज्यान गुमाउने मृतक प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । यस विपदको घटीमा सबैले उनीहरुलाई सक्दो सहयोग गर्न अपिल पनि गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *