उद्योग बाणिज्य संघले चार जना युवा व्यपारीलाई सदस्यमा मोनोनित

कालिकोट उद्योग बाणिज्य संघले चार जना युवा व्यपारीलाई सदस्यमा मोनोनित गरेको छ । बुधबार उद्योग बाणिज्य संघले मनोनित युवा व्यपारीहरुलाई पद तथा गोपनियताको सफत खुवाई प्रमाणपत्र प्रदान गरेको हो । उद्योग बाणिज्य संंघको सदस्यमा मनोनित हुनेहरुमा युवा व्यवासी दिनेश शाही, राजकुमार शाही, दिलबहादुर रोकाया र ठम्मप्रसाद आचार्य रहेका छन् । उनीहरु विगत लामो समयदेखी जिल्ला सदरमुकाम मान्म बजारमा बिभिन्न व्यपारी व्यवसाय संचालन गर्दै आएका छन् ।

उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहीले गत चैत महिनामै बसेको बैठकले उनीहरुलाई मानोनित गर्ने निर्णय गरिसकेको भएपनि सफत खुवाने र प्रमाणपत्र दिने काम बुधबार भएको जानकारी दिनुभयो । उहाँले सबै व्यपारीहरुको साझा संस्थाका रुपमा उद्योग बाणिज्य संघलाई बनाउन आफुले निरन्तर काम गर्ने बताउनुभयो । मनोनित हुने दिने शाही, राजकुमार शाही लगायतले आफुहरु उद्योग बाणिज्य संघमा रहेर सबै व्यपारीहरुको हक हित र उनीहरुको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *