रैथाने बिउ विकास बैंकको स्थापना ।

 कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कर्णालीमै पहिलो पटक रैथाने बालिमा प्रर्वदनका लागि सामुदायिक विउ विकास वैंक स्थापना गरेको छ । लोप हुदै गइरहेको कर्णालीको रैथाने बालि चिनो कागुनो, फापर जस्ता अर्गानिक खाद्य यवस्तुको उत्पादनको लागि कर्णालीका दश वटै जिल्लाको लागि मध्यनजर गर्दै नगरपालिकाले रैथाने विउ विकास वैंकको स्थापना गरेको हो । नगरपालिकाका कृर्षिशाखा प्रमुख पशुराम काफ्लेका अनुसार रैथानेबालिको उत्पादन हुने क्षेत्र कर्णालीमा पछिल्लो समय यसको उत्पादन घट्दै गई हाइवे्रड विउविजनले यहाँका अर्गानिक उत्पादनमा ठुलो असर परेको हुनाले रैथाने विउ विकास बैंकको स्थापना गरिएको बताए ।कर्णालीका १० वटै जिल्लालाई मध्यनजर गरी आफुहरुले वंैकको स्थापन गएिको हो । उनका अनुसार कर्णालीमै पहिलो पटक स्थापना गरिएको छ, । १० वटै जिल्लासंग समन्वय गरी कुन क्षेत्रमा कुन बाली उत्पादन हुन्छ, कुन क्षेत्रमा फलफुल उत्पादन हुन्छ, त्यसै आधारमा विउ उत्पादन गरी वितरण गर्ने बताए ।

विउ विकास बैंकको उद्घाटन गदै नगरपालिका प्रमुख जसिप्रर्साद पाण्डेले, आफनो नगरपालिका कृर्षिमा आत्मानिर्भर बनाउने अनुरुप अर्गानिक रैथाने बिउ विकास वैंकको स्थापना गरिएको बताए । खानेचामल समेत किनेर खानेबेला आउको भन्दै कृर्षिमा रैथानेबालीमा नगरपालिकाले कार्यविधिनै बनाएर यसको कार्यन्वयन तर्फ लागेको बताए । कर्णालीमा रैथाने बाली बढि नै उत्पादन हुने क्षेत्र हो । अहिले यसको उत्पादन लोप हुँदै गइरहेको छ । रैथाने बाली चिनो, फापर कोदो जस्ता वस्तुहरुको माग अत्याधिक बढिरहेको बेला हामीले यसको उत्पादनमा नगरपालिकाका कृर्षि सहकारीलाई अनुदान दिएर भएपनि यसलाई अर्गानिक हवका रुपमा विकास गदै जाने बताए ।

यस्तै नगरउप प्रमुख विजया विस्टले, रैथाने बालीले चिनिएको कर्णालीमा यसको उत्पादन लोपहुनु दुखद् भएको बताइन् । अब यसको उत्पादनको लागि नगरपालिकाले पहिलो पटक लोपउन्मुख रैथाने बालिको उत्पादनमा लागेको बताइन । यस बैंकमा अब कुनै पनि विउविजन हाइवे्रड मुक्त्त हुने र रैथाने विउविजन मात्र हुने बताइन् ।कोरोना भाइरस संक्रमण भएकाका विरामिहरुलाई पनि आगौनिक खानाले यस्तो किसिमका रोगहरुसंग लड्न सक्ने क्षमता हुने भएकाले आगौनिक वस्तुको उत्पादनमा लागेको बहुक्षेत्रिय पोषण कार्याक्रममा प्रतिनिधि राजन पुडाशैनीले बताए । यतिखेर स्थानिय सरकारले लकडाउन अर्थात बन्दाबन्दीमा तराईको चामल राहत वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *