कोरोना महामारी रोक्न सरकार पुर्ण असफल भइसकेको कांग्रेस कालिकोटका दाबि ।।

नेपाली कांग्रेस कालिकोटले कोरोनाको महामारी रोक्न र शुसासन कायम गर्न सरकार पर्ण रुपमा असफल भएको दाबी गरेको छ । मंगलबार प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओेलीलाई ज्ञापनपत्र बुझाउदै कोरोनाको महामारी रोकथाम तथा शुसासन कायम गर्न सरकार पुर्ण रुपमा असफल भएको दाबी गरेको हो । नेपाली कांग्रेस कालिकोटले कोरोना महामारी रोक्न तथा अन्य जनजीवीकाका सवालहरुका बिषयमा नेपाल सरकारको ध्यनाकर्ष गराउन प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउदै जनताका आधारभुत कुरामा सरकारले गम्भीर लाप्रबाही गरेको बताएको छ । नेपाली कांग्र्रेस कालिकोटका उप सभापती संकरप्रसाद उपाध्यायको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले स्थानिय सरकारबाट कोरोनाको महामारी रोक्न भएको खर्च सार्बजानिक गर्न, ज्यानमारा क्वारेन्टाईनको व्यवस्थापन सुधार गरी न्यूनतम मापदण्डका क्वारेन्टाईनको व्यवस्था गर्न, बढ्दै गएको आर्थिक अनियमितता रोक्न तथा जनताका न्यूनतम आवश्यकताहरु सरकारले सम्बोधन गर्न माग गरेको छ । ज्ञापनपत्र पढ्दै नेपाली कांग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले मुलुकमा कोरोनाको महामारी बिरुद्ध हुने सरकारी प्रयास र जनताका पक्षमा गर्ने कार्य प्रति प्रतिपक्ष दलले निरन्तर साथ दिए पनि सरकारले आफ्नो कामलाई पुर्ण रुपमा प्रभावकारी बनाउन नसकेको बताए । उनले भने, सरकार कुनै माफियाहरुको गोटीमा चलिरहेको छ । यसले जनताका पीडालाई कुनै चासो दिएको छैन् । यो नेपाली जनताका लागि ठुलो दुर्भाग्य हो । कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका उपसभापती संकरप्रसाद पाध्यायले सरकारले जनताका समस्या भन्दा आफ्नो पदको संरक्षण र आर्थिक लाभ लिनेमा लागि परेको बताए । उनले भने, अहिरे सरकार जनताको पीडा भन्दा आफ्नो स्वार्थमा केन्द्रीत छ । कोरोनाको महामारी देखाएर स्थानिय सरकारदेखी संघिय सरकारसम्म अनियमितता भईरहेको छ । कोरोनाको महामारी रोक्नका लागिग गर्नुपर्ने काममा लाप्रबाही भईरहेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता हिक्मत बिष्ट, पार्टी सचिव नन्दबहादुर सिंह लगायतका नेताहरुले नागरिकको आवश्यकतालाई सम्बोधन गर्न सरकार सम्वेदनशील हुनुपर्ने बताएका छन् । कार्यक्रममा कांग्रेस नेताहरु पदमबहादुर शाही, भानुभक्त संज्याल,सचिव यशोदा शाही , टिकाराम न्यौपाने, कृष्णप्रसाद उपाध्याय, खड्गजंग शाही, प्रेमसिंह ठकुरी,पार्टि कार्यालय सचिव हरिश वोगटी, नेविसं नेता सविन विष्ट, शुशिला गिरी, तरुण नेता दमन शाही लगायतका नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *