आइसोलेसन बाट २५ जना कोरोना जितेर घर फर्किय

कालिकोटका २५ जना कोरोना पोजेटिभ उपचार पछि निको भएर घर गएका छन । बाजुराका एक जना दैलेखका एकजना गरी जम्मा २५ जना कोरोना संक्रमितलाई १४ दिन आईसोलेसन भवनमा राखेर उपचार गरिदै आएको थियो । उनिहरुको अन्तिम रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको पुष्टि भएको छ ।

जिल्ला सदरमुकामस्थित निर्माणाधिन एकीकृत भवन अर्थात कोरोना अस्पतालमा सुरक्षित राखेर उपचार गर्दा उनीहरुलाई अन्तििम रिपोर्ट नेगेटिभ आएको वताईएको छ । उनिहरुलाई तिलागुफा नगरपालिकाको क्वारेन्टिनवाट ल्याईएको थियो ।

पहिलो र दोस्रो पटक गरेर जम्मा २९ जना आईसोलेशन भवनमा राखियको थियो उनिहरु मध्य २५ जना आज निको भएर घर गएका छन । घर जाँनेमा ४ महिना का वालख देखि ५२ वर्षका पुरुष सम्म निको भएको वताईएको छ । अव ४ जनाको रिर्पोट आउन वाँकि रहेको र उनिहरुका रिर्पोट फाईनल रिपोट ३ गते आउने स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारि कटक महतले जानकारि दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *