पलाता सरकारको टिम नागरिकको अबस्था बुुझ्न खाडाचक्रको क्वारेन्टाइनमा

कर्ण कुमाल
कालिकोट जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएपछि खाडाचक्र नगरपालिका स्थित तिला कर्णालि बहुमुखि क्याम्पसमा रहेको आइशोलेसनमा संक्रमितको अवस्था बुझ्न केही फलफुल र सामान लिएर पलाता गाउँपालिका अध्यक्ष लक्षमण ब. बम र उपाध्यक्ष दाना न्यौपाने वडा नं २ का वडा अध्यक्ष बिरि बि.क वडा नं. ४ का वडा अध्यक्ष ऐन राज महतारा एबं पलाता सरकारको टिम आइशोलेसन भवनमा पुग्नु भएको हो । आइशोलेसनमा रहेका संक्रमितहरुलाई दिवाखाजाको रुपमा अध्यक्ष बमलेको टोलिले फलफुल लिएर संक्रमितलाई भेट्न गएका हुन् । खाडाचक्र नगरपालिका तिला बहुमुखि क्याम्पसको कोरेन्टायनमा रहेका नागरिकहरुलाइ अध्यक्ष बमले कुनै किसिमको पिर चिन्ता नमान्न भन्दै शान्त्वना दिदै कुनै जटिल खालको समस्या उत्पन्न भएमा हामी छौ, भन्दै शान्त्वना दिनु भएको छ । कोरोना भाइरस (कोभिड १९) ले देश संकटमा डुविरहेका बेला आफ्ना जिल्लामा रहेका नागरिकहरुको पीडा सम्वन्धित निकायलाई खवरदार गरेर समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोना संक्रमितको संख्या तीव्र गतिले बढ्दै गएकाले अहिले संक्रमित देखिएपनि कुनै किसिमको समस्या नअाई सकेको र संक्रमितको अवस्था सामान्य रहेको बताए । उनले भने, ‘तपाइँहरुलाई कोरना छ कि भन्ने अासंका मात्र छ रिपोर्ड अायमा सबै घर जाने र २१ दिन सम्म बाहिर बाट अायका सबैले अनि बारे कोरेन्टायनमा बसेर सहयोग गरिदिन समेत अाग्रह गर्नु भयको छ । हजुरहरुलाई केही समस्या देखिए तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइ उपचार गरिने समेत पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *