डक्टरको टोलिमाथि आक्रमण इन्द्रको भाइ लगायतको टोलिले ढुङ्गामुडा

कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नमबर २ स्थित सरस्वती मा।बि राडुनेटाको क्वारेन्टाइनमा राखिएका नागरिकलाई चेकजाँच गर्न भनी तिब्गाडखोला पारि गएर गाडी चढेका डाक्टरहरुको टोलिलाई बिष्णु रोकाया क। इन्द्रको भाइ लगायतको टोलिले ढुङ्गामुडा र धम्की दिएर चेकजाँच गर्न नजान दिई टोलि फिर्ता भएर अहिले इलाका प्रहरी चौकी थिर्पुमा उजुरी दिन पुग्नु भएको छ । डाक्टरमाथि हातपात गर्नेलाई कार्वाहीको माग गर्दै कालिकोट को पलाता स्वास्थ शाखाका स्वास्थकर्मी आन्दोलित बनेका छन । स्वास्थ शाखा पलाताको टिम पलाता २ राडुनेटा स्थित क्वारेन्टाइनमा जाने क्रममा स्वास्थकर्मी माथि हातपात गर्ने दोषिलाई कारवाहीको माग गर्दै सनिबार पलाताको स्वास्थकर्मीको टोलि आन्दोलित बनेका छन् ।

जिल्ला अस्पताल कालिकोटमा कार्यरत डाक्टर सुसान्त आचार्यको टिम लाई पलाता तीन निवासी इन्द्र रोकायाको भाइ राजेन्द्र रोकाया लगाएत को टोलिले मधिरा सेवन गरि राडुनेटा जान लागेको टोलि माथी हातपात गरिएको स्वास्थ्य शाखा प्रमुख हिमाल संज्यालको भनाइ रहेको छ । कोरोना भाइरस कोभिड १९ संग आफ्नो ज्यान समेत जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी माथि भयको हातपातका घटनाले आफू दुखी रहेको गाउँ पालिका अध्यक्ष बमले सामाजिक सन्जाल फेस्बुकमा दुख व्यक्त गर्नु भयको छ । उहाको स्टाटसमा लेखिएको छ ।

पलाँता २ मा क्वारेन्टाइनका नागरिकलाई चेकजाँचमा जाँदै गरेको सुसान्त आचार्यको टोलिमाथि बिष्णु रोकायाको भाईहरुको अबरोधका कारण फर्केकोमा दुख ब्यक्त गर्दछु कानुनि कार्वाही को माग गर्दछु । अझै पनि जनताको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मी सुरक्षित नभएको एकातिर कोरोनाको जोखिम अर्को तिर यहाका मानिसको दुर्वव्यहार भयको भन्दै सरकारसंग सुरक्षाको माग स्वास्थ्यकर्मीले ईलाका प्रहरी कार्यलय थिर्पुमा निवेदन पेश गरेको ईलाका प्रहरी प्रमुख कमला मल्ल बमको भनाइ रहेको छ । उहाका अनुसार आर डि टि चेकजाँच गर्न गयको डाक्टर हरुको टिम राडुनेटा जाँदै गर्दा पलाता ३ निवासी जनराज रोकाया राजेन्द्र रोकाया लगाएतको टोलि मधिरा सेवन गरि गाडीमा चडेको र उनीहरु राडुनेटा जान गाडीमा बसिरहेका बेला स्वास्थ शाखाको टोलि राडुनेटा जाने क्रममा झडप सङ्गै ढुङ्गा मुडा समेत भएको र हव्लदारको टोलि उनिहरु को खोजीमा पठाइसकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *