नेपाली कांग्रेसकी महिला नेतृ तारा शाहाको सहयोगमा कोरोना संक्रमितलाई फलफुल बितरण

कर्ण कुमाल कालीकोट

नेपाली कांग्रेसकी महिला नेतृ तारा शाहाको सहयोगमा कोरोना संक्रमितलाई फलफुल बितरण गरिएको छ । महिला नेतृ शाहाको सहयोगमा जिल्ला सदरमुकाम मान्म स्थित एकिकृत भवनमा बनाईएको आईसोलेसनमा भर्ना भएका २९ जना कोरोना संक्रमितलाई फलफुल बितरण गरिएको हो । निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य समेत रहेकी शाहा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव दमन शाही, महाधिवेश प्रतिनिधि हिक्मतबहादुर बिष्ट, महिला संघकी सभापती भद्रा शाही, जिल्ला सदस्य भानुभक्त संज्याल, युवा नेता खडगजंग शाही, प्रेम सिंह लगायतको टोलीले आईसोलेसन स्थलमा गएर स्वास्थ्यकर्मीको टोली र टाढाको दुरीबाट संक्रमित बिरामीहरुसँग उनीहरुको अवस्थाका बिषयमा सोधपुछका साथै स्याउ, अनार, अंगुर गरी ३० किलो फलफुल तथा ४१ पिस नुहाउने साबुन बितरण गरिएको छ ।

फलफुल हस्तान्त्रण गर्दै महिला नेतृ शाहाले बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै बिरामीको हौसला बढाउन फलफुल बितरण गरिएको बताईन् । उनले संक्रमितहरुबाटै आईसोलेसनमा नुहाउने साबुनको अभाव रहेको भनेपछि ४१ पिस नुहाउने साबुन पनि सहयोग गरेको बताईन् । उनले कोरोनाको महामारीका बिरद्धमा सरकारसँगै हरेक व्यक्तिले आ–आफ्नो स्थानमा सक्दो सहयोग गर्न जुट्नु पर्ने बताईन् । नेपाली कांग्रेस कालिकोटका सहसचिव दमन शाहीले जिल्लामा कोरोना संक्रमित तथा क्वारेन्टाईनमा राख्ने मानिसहरुको व्यवस्थापनमा सम्बन्धित पक्ष जिम्मेबार हुनुपर्ने बताए ।

उनले भने, गाँउमा कतिपय भारतबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाईनमा राख्न सकिरहेका छैनन् । कतिपयको पिसिआर जाँच नगर आरडिटीकै भरमा घर पठाएका छन् । क्वारेन्टाईनमा बसेकाहरुको व्यक्तिगत सरसफाईमा समस्या छ । खानेपानी लगायतका प्राबिधिक कुराको समस्याले मानिसहरु भाग्ने अवस्था छ । यसले कोरोनाको महामारी समुदाय स्तरसम्म पुगाउन सक्छ । सम्बन्धित पक्षले जिम्मेबार हुन जरुरी छ । कांग्रेसले कालिकोटमा कोरोनाको महामारी बिरुद्ध हुने सबै किसिमका कामहरुमा एक्यबद्धता जनाउदै सरकारलाई सहयोग गरिरहेको कांग्रेस नेता हिक्मतबहादुर बिष्टले बताए । उनले भने, कालिकोटमा कांग्रेस जिम्मेबार छ । हरेक जोखिमयुक्त परिस्थितिमा सरकारको सहयोगी बनेको छ । कोरोनाको महामारीबाट हाम नागरिकहरुलाई सुरक्षित बनाउ । अहिलेको कोरोना परिक्षणको गति र झर व्यवस्थापनले संकटको अवस्था आउने देखिन्छ । समयमै सबै सरोकारवाला निकाय सचेत भई व्यवस्थापकिय पक्षलाई सुधार गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *