क्वारेन्टाईनबाट घर फर्किएका एक जना ६० बर्षिया बृद्ध बिच बाटोमा मृत अवस्थामा

कालिकोटमा क्वारेन्टाईनबाट घर फर्किएका एक जना ६० बर्षिया बृद्ध बिच बाटोमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. १ का ६० बर्षिया काली बिष्ट बिहिबार क्वारेन्टाईनबाट घर गएका उनी शुक्रबार दिउसो बीच बाटोमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला सदरमुकाम मान्म स्थित होटल चन्द्रसूर्यमा जेठ १२ गते होटल चन्द्र सुर्यमा क्वारेन्टाईनमा भर्ना भएर बिहिबार आरडिटी परिक्षणमा नेगेटिभ देखिएपछि घर फकिएका उनी शुक्रबार लालिघाटको उकालोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर यक्षराज जोसीले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तहरुसँग बुझ्दा दमका रोगि भएको खुलेको छ ।

भारतबाट आएर क्वारेन्टाईनमा बसेका उनी बीच बाटोमा कसरी मृत अवस्थामा फेला परे भन्ने बिषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । स्थानिय नेत्र बिष्टका अनुसार मंसिर तिर भारत गएका उनी नरहरीनाथ गाँउपालिकाले होटल चन्द्र सुर्यमा व्यवस्थापन गरेको क्वारेन्टाईनमा १८ दिन बसेर बिहिबार घर फर्किएका थिए । शुक्रबार बिहान लालिघाट नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलको क्याम्प नजीकै एक्लै बसेर गाडी खोजी रहेका थिए । दिउसो ३ बजेतिर उनी त्यही क्याम्प नजीकै सडकमा मृत अवस्थामा फेला परे । उनको घरमा दुई साना छोरा र श्रीमति छन् । स्थानिय नागरिकले कोरोनाको संक्रमण भएको आशंका समेत छन् । उनमा सामान्य रुगा खोकी र दमको समस्या थियो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहदुर महतले मृतक बिष्टको स्वाब नमुना संकलन गर्नका लागि स्वास्थ्यकर्मीको टोली घटना स्थल तर्फ पठाईएको बताए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *