मुख्यमन्त्रीको उपस्थितमा विपद बैठक

कालिकोट जिल्लामा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहि ज्यु को प्रमुख आतिथ्यमा विपद् व्यवस्थापन केन्द्र को बैठक बसेको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गौरे ले जानकारी दिनु भयो ।


बैठकमा माननीय मुख्यमन्त्रीज्यूले कोभिड(१९को रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलको जानकारी लिनुको साथै हरेक स्थानीय तहमा ५० वेडको आईशोलेसन व्यवस्थापन गर्ने, जिल्लामा १०० वेडको आईशोलेसन व्यवस्थापन गर्ने, संक्रमितको ओसारपसार गर्न जिल्लामा भएका सवै एम्वुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सन्चालन रहेका एम्वुलेन्स अपुग भएमा ठुला गाडी भाडामा लिएर व्यवस्थापन गर्ने, PCR Tes को दायरा बढाउने, सामान्य संक्रमितलाई नगरपालिकाकै आईशोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका संक्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पतालमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको गैइरेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *