टिप्पर दुर्घटनामा परि ज्यान गुमाउने मृतक प्रति नेपाली काग्रेंस कालिकोटले प्रेस विज्ञप्ती

कर्णाली करिडोर अन्तर्गत लालिघाटमा हिजो ना ८ ख ५१३३ नं. टिप्पर दुर्घटनामा परि ज्यान गुमाउने मृतक प्रति नेपाली काग्रेंस कालिकोटले प्रेस विज्ञप्ती मार्फत शोक ब्यक्त गरेको छ । दुर्घटनामा परि मृत्यू भएका ब्यक्तिको शोक ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकोे छ । आफ्नो रोजीरोटी र परिवार पाल्नका लागि भारत गएका रास्कोट नगरपालिकाका नागरिकहरुलाई कोरोना भाइरस कोभिड १९ को त्रासका विचमा उद्धार गर्ने नाममा अमानविय ब्यबहार गरेको नेपाली काग्रेंस कालिकोटले निकालेकोे प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । उद्धार गर्ने नाममा नागरिकहरुलाई मानिस वोक्ने गाडिमा नलिएर ढुंगा र माटो वोक्ने टिप्परमा नागरिकहरुलाई लिन खोजि क्षमता भन्दा वढि यात्रु राखेर लिन खोज्दा दुर्घटना हुनु नगरपालिकाको ठूलो गल्ती भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, आफु जनप्रतिनिधि १२ हजारको गाडि रिजर्भ गरि हिड्ने र नागरिकहरुलाई टिप्परमा लगेर ठूलो भ्रस्टचार गर्ने प्रयास गरेका छन । दुर्घटनामा परि मृत्यू भएका ३ जनालार्ई उचित राहातसँगै क्रीया खर्च उपलब्ध गराउनु पर्ने, दुर्घटनामा परि घाइते भएकाहरुको जिवन रक्षा मृतकका छोरा छोरीको उच्च शिक्षा निशुल्क हुनु पर्ने , घाइतेहरुको निशुल्क उपचार वेपत्ता भएकाहरुको तत्काल खोजि कार्य र नागरिकहरुको ज्यान लिने गाडि चालकलाई कानुनी बमोजिम कार्वाही र नागरिकहरुको क्षती भएको धन सम्पति पनि उपलब्ध गराउन वित्रप्ती मार्फत माग गरिएको छ । यस्ता खालका त्रुटीहरु फेरि नदोहोरीन नगरपालिकाले विशेष ध्यान पुगाउनु पर्ने विज्ञप्ती मार्फत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *