किष्ट हस्पिटलमा उपचारका क्रममा निस्पताको मृत्यु

कालीकोटको नरहरिनाथ गाउपालिका वडानं १ लालिघाट वजार नजिकै वुधवार विहान टिप्पर दुर्घटना हुदा घाईते भएकी २० वर्षिया निश्पता सार्कीको उपचारका क्रममा मृत्य भएको छ।

भारतवाट घर फर्कदै गरेका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्नकालागी रास्कोट लिदै गर्दा ना।८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना भएको थियो।

उक्त घटनामा परि २ जनाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता र १३ जना घाईते भएका थिए।

दुई जना घाईतेलाई वुधवार मुख्यमन्त्रिले शाही उद्धार गरि सेनाको हेलिकप्टर मार्फत उपचारका लागी काठ्माडौ पठाएका थिए।

राष्कोट नगरपालिका वडा नं २ की निस्पताको काठ्माडौ स्थित किष्ट हस्पिटलमा उपचारका क्रममा निस्पताको मृत्यु भएको र २८ वर्षिय मिन सार्कीलाई उपचार भैरहेको मुख्यमन्त्रि महेन्द्र वहादुर शाहीका प्रमुख स्विकिय सचिव खेम वहादुर सिंहले जानकारी दिए ।.applekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *