अध्यक्ष सिंहको समाचारको खण्डन गाली गलौज नगरेकाे ठहर

कालिकोटको महावै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले आफुलाई जोडेर प्रकाशित भएको समाचारको खण्डन गरेका छन्।

पालिका अध्यक्ष सिंहले वुधवार एक प्रेस विज्ञप्ति जारि गरेर मंगलवार एप्पल खवरमा छापिएको समाचारमा आफ्नो गल्ली नभएको भन्दै खण्डन गरेका हुन्।

अध्यक्ष सिंह द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ वडा नं ४ को सडक निर्माणका विषयलाई लिएर समितिका पदाधिकारी वडा अध्यक्ष र आफु विच छलफल भएको विषयलाई लिएर महावैका केहि व्यक्तिले गलत सुचना दिएकाले सामाजिक संजाल र मिडियामा प्रचार भएको प्रति आफ्नो गम्भिर ध्यान आर्कषण भएको छ।

यस्तै सामान्य विवादलाई लिएर कुनै व्यक्तीले रिसिविका कारण आफ्नो चरित्र हत्या गर्नका लागी दिएको सुचनाका आधारमा यस्तो समाचार सम्प्रेष्ण नगर्न सम्वन्धित मिडिया सग उनले आग्रह गरेका छन्।

वडा नं ४ का अध्यक्ष सग सडकको कामका वारेमा कुरा गरिरहेको वेला पालीका अध्यक्षले आफु माथी हातपात गर्ने प्रयास गदै गाली गलौज गरेको भनि एक महिलाले हाम्रा जिल्ला संवाददातालाई वताए अनुसार संवाददाताले पठाएको समाचार प्रकासित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *