प्लान नेपालको सहयोगमा स्थानीय तहलाई सामग्रीहरु हस्तान्तरण

कालीकोट जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई प्लान नेपालको सहयोगमा किर्डाक नेपाल कालिकोटले क्यारेनटाइन व्यवस्थापनका सामग्रीहरु हस्तान्तरण गरेको छ । जिल्लाको खाँडाचक्र,रास्कोट नगरपालिका र नरहरिनाथ,पलाता,सान्नि त्रिवेणी गाउँपालिकालाई ६ लाख बरावरको विभिन्न सामाग्री हस्तान्त्रण गरिएको किर्डाक नेपाल कर्णाली शिक्षा परियोजना संयोजक बीर तिरुवाले वताउनु भएको छ ।

उहाँका अनुशार क्वारेन्टिनका लागि १ सय ६० ब्ल्यांकेट,१ सय ६० पिफम, ४ सय थान सेनिटाइजर,८ सय ८० साबुन,१६ सय मास्क,टुथपेस्ट,ब्रस,बाल्टिन लगएतका सामाग्री हस्तान्तरण गरिएको छ । क्यारेनटाइन सामाग्रीहरु खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे,रास्कोट नगर उपप्रमुख मिमसरा बम,पलाता गाउँपालिका कार्यकारी अधिकृत राज वहादुर बम लगाएतले बुझेर लिनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *