पुर्ब पि एल ए कमान्डर कल बहादुर बम ( उमेश )ले २०६ घरलाई राहत बितरण

नमराज न्यौपाने पलाता
कालिकोट जिल्ला पलाँता गाउँ पालिका वडा नम्बर ७ का १४५ घरधुरी लाई खाध्यान्न सामान रातत स्वरुप बितारण गरीएको छ । बितरण कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छा, वडानंम्बर ७ का वडा अध्यक्ष बर्ज बहादुर बम, पलाँता उर्जा ब्यबस्थापन संयोजक जनराज बम, रेडीयो पलाँता आवाजका प्राबिधिक नमराज न्यौपाने लगाएतको टीमले बितरण गरेको बताइएको छ । पुर्ब पि एल ए कमान्डर कल बहादुर बम उमेशले २०६ घरलार्ई साद्य सामाग्री सहितको राहत बितरण गरेका छन । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड–२०७६ अनुसार बमले राहत वितरण गरेको हो ।

सामाजिक दुरी कायमगरी विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी लकडाउन बाट ज्याला मजदुरी गरेर आएको पैसाले किनेर छाँक टार्न बाध्य श्रमिक तथा असाहय व्यक्तिका घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको वडा सचिब कलम बम कसमले जानकारी दिनुभयो । उहाँका अनुसार २ सय ६ घरधुरी संख्या रहेको पलाँता गाउँपालिका वडानं ७ को वडा कार्यलय दुर्सीमा राहत स्वरुप खाद्यन्न वितरण गरिएको बमको भनाई रहेको छ । एउटा घरमा ३० किलो चामल वितरण हामीले चामल, तेल लगाएतका सामाग्री वितरण गरेका छौं । २०६ घरधुरीमा प्रतिपरिवार ३० किलो बितरण गरेको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *