पलाताका क्वारेन्टाइनमा रहेका १४५ जना घर फर्किए रिपोट नेगेटिभ

नमराज न्यौपाने पलाता
कालिकोट जिल्ला पलाँता गाउँपालिका अन्तर्गत रहेको क्वारेन्टाइनबाट  १४५ जनालाई घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको र्‍यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । पलाँता गाउँपालिका वडा नम्बर ९ सरस्वती माविमा रहेका १४६ जना आज घर फर्किएका छन् । उनीहरु सबैको आर डि टि टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको पलाँता गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हीमाल संज्यालले बताएका छन ।

भारत तथा नेपाल आएका उनीहरुहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य जाच पछी मात्रै आज घर पठाइएको हो । बिगत तिन हप्ता देखि पलाँता स्थित सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएको हरि बि क भारतको दिल्ही बाट फर्केका हुन् । उनी दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए । क्वारेनटाइ अवधि भर सबै किसिमको सुबिधा प्राप्त गरेको बताउने उनी स्वास्थ्य परिक्षण गरेर घर जाने तयारि गर्दै थिए । उनी जस्तै पलाँता गाउँपालिकाका अन्य नागरीकको मुहारमा पनि खुसि झल्कन्थ्यो ।

गाउपालीका अध्यक्ष लक्षण बहादुर बमले घरमा सात दिन होम क्वारेन्टाइन बस्ने  बताउनु भयो  त्यहा बाट जनप्रतिनिधि स्वास्थकर्मी शुरक्षाकर्मी लगाएतले बिदाइ गरेको बताइएको छ । उनीहरु करिब तिना हप्ताको क्वारेन्टाइन बसाइ पछी घर फर्कदै थिए । विश्व जगत नै कोरोना भाइरस ९कोभीड १९० को संक्रमणबाट ग्रसित छ । नेपाल मात्र होइन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भारत तथा संक्ररमीत ठाउ बाट आएका नागरिकलाई स्थानीय तहमै क्वारेन्टाइन गर्ने नीति अवलम्बन संगै पलाँता कालिकोटका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेर बिदेश बाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरेको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *