एमसीसी नेपाली जनताको हितमा नएको भन्दै पोष्टर जलाए कालीकोटमा

कर्ण कुमाल कालीकोट
एमसीसीको खारेजीको माग गर्दै कालिकोटमा अनेरास्ववियू केन्द्रिय सदस्यको नेतुत्वमा अमेरिकी सामाराज्यबाद खारेज गर भन्ने पोष्टर सहित एमसीसी सम्झौतामा भएको राष्ट्यि स्वाधीनता भन्दा माथिका अमान्य बुदा भएको भन्दै एमसीसीका पोष्टर जलाएका हुन । विश्वका अन्य मुलुकमा एमसीसीमार्फत अमेरिकाको कुटनैतिक पहल र खुल्लम खुल्ला हुने दादागिरी प्रष्ट देखिएकोले एमसीसीको पोष्टर जालएको नेपाल कम्युनिष्ट पार्टी निकट कालीकोटका अनेरास्ववियू केन्द्रिय सदस्य भिम प्रसाद आचार्य बताउनु भयो ।

विद्यार्थी संगठनका नेता हिक्मतजंग मल्लका अनुसार एमसीसीमार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने छ । अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको आरोप लगाउँदै मल्लले विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुँदा–हुँदै आफ्ना छु्ट्टै सैनिकदेखि काम गर्ने, विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा नभएको बताए ।

राष्ट्रघाती निर्णय र विभिन्न खालका घटनाका विषयमा यहाँका विद्यार्थी नेताहरुले आवाज उठाउँदै विरोधमा पोष्टर सहित एमसीसी सम्झौताम जलाएका छन् । उक्त पोष्टर सहित एमसीसी सम्झौताम सदमुकाम मान्म बजारमा जलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *