अनेरास्ववियूद्वारा आइसोलेशनमा बसेकालाई फलफुल बितरण

ललित बिष्ट

कालिकोट जिल्लाको सदरमुखकाम मान्ममा रहेको कोरोना अस्पतालमा आज कोरोना पोजेटिभ देखियका व्याक्तिहरुलाई पानि तताउने भाडाँ सहयोग गर्नुका साथै फललफुल बितरण गरिएको छ । फल,फुल लिएर कोरोना संक्रमित व्यक्तिहरुको अवस्थावारे जानकारी  पाउन नेपाल कम्युनिष्ट पार्टी निकट कालीकोटका अनेरास्ववियू केन्द्रिय सदस्य भिम प्रसाद आचार्य,अनेरास्ववियू जिल्ला संयोजक मनसिंह शाहि , अनेरास्ववियू विद्धयार्थि नेता हिक्मतजं मल्ल , अनेरास्ववियू जिल्ला सदस्य नरेन्द्र आचार्य लगाएतले फलफुल र पानि तताउने जग आज सहयोग गरेका छन ।

आँप,केरा,स्याउ,कागति लगाएतका फलफुल ल्यायर उनिहरुको अवस्था वुझ्नको लागि आज कोरोना अस्पताल पुगेका थिए ,विरामिहरुको अवस्था कस्तो छ । कुनै खालको समस्या छ वा छैन भनेर वुझ्दा उनिहरुले छुट्ै सौचालयको व्यवस्था नभएको,समयमा खाना उपलव्ध नभएको,समयमा स्वास्थ्य परिक्षण हुने नभएको,आफ्ना समस्या राख्दा स्वास्थ्यकर्मि रिसाउने गरेको,विरामिको मोनोवल उच्च वनाउने नभई उल्टै मोनोवल गिराउने व्यवहार देखाएको उनिहरुले आरोप लगाएका छन ।

विद्धयाथि नेताहरुले सामाजिक दुरीलाई प्रयोग गर्दै उनिहरुका समस्यावारे जानकारी लिई आगामि दिनहरुमा आउने स साना समस्यालाई सावधान गर्ने वताएका छन । आईसोलेसनमा देखिएका सामान्य समस्या समाधानका लगाी सम्वन्धित निकाय सग छिटै कुरा राख्ने वताएका छन । संघियताका कारण लामो समय देखि सदरमुकाम मान्ममा खालि रहेको एकिकृत भवनमा जिल्ला अस्पतालले ५० वेडको आईसोलेसन कक्ष निर्माण गरेको छ । कालीकोट जिल्लामा भारतवाट आएका धेरै नागरिकहरु क्वारेन्टाईनमा वसिरहेका छन् धेरैको अहिले सम्म पिसिआर भएको छैन् उनिहरुको समयमा स्वास्थ्य जाचगरि संक्रमित भएकालाई वचाउनु अहिलेको चुनौति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *