रिपोट नेगेटिभ आएपछि शुभकालिकाका ७७ जना घर फिर्ता

कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालय राराकाटिया क्वारेन्टाइनबाट ७७ जनामा कोरोना संक्रमित न भेटिएपछि घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनमा राखीसकेपछि कोरोना संक्रमण नदेखिएर उनीहरुलाई घर पठाइएको क्वारेन्टाइनका स्वास्थ्यकर्मी दुर्गप्रसाद आचार्यले बताउनु भयो।

महादेव माध्यमिक विद्यालय राराकाटियामा मात्र २ सय २३ जना बाहिर देशबाट आएका थिए । जसमध्ये आइतबार ७७ जना कोरोना संक्रमित नभेटिएपछि सम्पुर्ण चेकजाँच गरी घर पठाएको हो । साथै, एक जनाको आरडीटी पोजेटिभ भेटिएपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार आफ्नो पालिका भित्रका क्वारेन्टाइनमा हाल ५ सय ६४ जना रहेका छन् । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि नागरिकहरुमा छाएको त्रास केही मात्रामा कम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *