मदिरा सेवन गरि वडाध्यक्षले पत्रकार माथि गाली गलौज

कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–२ का वडाध्यक्ष विर्खसिंह विकले पत्रकारमाथि गालि गलौज सहित हातपातको प्रयास गरेका छन् ।रेडियो मालिका एफ.एमका प्राविधिक प्रमुख रमेश बोगटीमाथि वडाध्यक्ष विकले गालिगलौज सहित हातपातको प्रयास गरेका हुन् । मदिरा सेवन गरि लठ्ठ परेका वडाध्यक्षले पत्रकार माथि नै हातपातको प्रयास गरेका हुन् ।

खाडाचक्र नगरपालिका वडा नं २ मा रहेको नयाँबजारमा मदिरा सेवन गरिरहेका वडाध्यक्ष विकको नेतृत्वमा पत्रकारमाथि हातपातको प्रयास भएको हो । नरहरिनाथ गाउँपालिकाबाट आफ्नो कार्यक्षेत्रमा फकिर्दै गर्दा पत्रकार बोगटीलाई क्वारेन्टाईनमा बस्न धम्की दिदै वडाध्यक्षको नेतृत्वमा हातपातको प्रयास गरिएको हो ।

पत्रकार बोगटीले आफु बाटोमा हिडिरहेका बेला मदिरा सेवन गरि लठ्ठ परेका वडाध्यक्षले अश्लिल शव्द प्रयोग गदै गाली गलौज गरेको बताए । उनले भने, काँग्रेसको पत्रकार होस्, भन्दै आफुलाई सुन्नै नसक्ने शव्द प्रयोग गरिएको छ । शनिवार बेलुका तिर पत्रकारलाई नियन्त्रणमा लिएर अध्यक्ष विकले मोवाईलको स्किृन फुटाएका छन्, मोवाइनमा भएका सम्पूर्ण रेकडहरु डिलिट गरिदिएका छन्, पर्स समेत हराएको छ ।

यता वडाध्यक्ष विर्खसिंह विकले आफुले मदिरा सेवन गरेको स्विकार गरेका छन् । उनले बेलुका ५ बजेतिर आफुले मदिरा सेवन गरि सामान्य भनाभन भएको बताए । उनले भने, हामी मदिरा सेवन गरिरहेका थिर्यौ, पत्रकार आए पछि हामीले खाएको मदिराको फोटो खिच्नुभयो कि भन्ने सोचेर सामान्य भनाभन भएको स्विकार गरे ।ekarnalipati.comसाभार

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!