थप ३ जना कोरोना पुष्टि कालिकोटकामा

कालिकोट जिल्लामा थप तीन जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं। ९ का ३० वर्षीय पुरुष, वडा नं। १० का २४ वर्षीय पुरुष र महाँवै गाँउपालिका वडा नं ५६ वर्षीया पुरुषमा कोरोनाको पुष्टि भएको हो ।

जिल्लाबाट स्वास संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गरिएका थप तीन जनामा कोरोना पुष्टि भएको हो । यसअघि जिल्लाको महाबै र शुभकालिका गाँउपालिकाका २५ जना र एक जना बाजुराका गरी २६ जना कोरोना पुष्टि भएको थियो । उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा राखिएको छ ।

जिल्लाका चार वटा स्थानीय तहमा कोरोना पुष्टि भएको हो। ग्रामीण स्तरका अव्यवस्थित क्वारेन्टाइनमा राखिएका मानिसमा पनि कोरोना पुष्टि भएपछि धेरै मानिसमा कोरोना संक्रमण फैलिने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *