अध्यक्ष चौलागाई संक्रमितलाई भेट्न आइशोलेसनमा

कालिकोट जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएपछि आइशोलेसनमा खान बस्न र पिउने पानीको समस्या भएको संक्रमितले बताएका छन् । संक्रमितको हालको अवस्था बुझ्न र केही खाद्यान्नका सामान लिएर शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँई सहित कर्मचारीको टोली आइशोलेसन भवनमा गएका छन् ।

आइशोलेसनमा रहेका संक्रमितहरुलाई दिवाखाजाको रुपमा चौलागाँईले चाउचाउ, फुट्री, मिनरल वाटर,फलफुल लिएर संक्रमितलाई भेट्न गएका हुन् । शुभकालिका गाउँपालिका रोजगार संयोजक रेशम बहादुर शाही, कर्मचारी गोपिचन्द्र तिमल्सिना, प्रेस संगठन जिल्ला संयोजक भरतराज विष्ट र पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगाएत जिल्लास्थित पत्रकारहरुले विरामीको अवस्था बुझेर फर्किएका हुन् ।

अध्यक्ष चौलागाँईले विरामीलाई कुनै किसिमको पिर चिन्ता नमान्न भन्दै शान्त्वना दिदै कुनै जटिल खालको समस्या उत्पन्न भएमा हामी छौ,आर्थिक समस्याले परिवारलाई भार पार्ने छैनौ भन्दै शान्त्वना दिएका छन् । प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरतराज विष्टले देश संकटमा डुविरहेका बेला आफ्ना जिल्लामा रहेका विरामीहरुको पीडा सम्वन्धित निकायलाई खवरदार गरेर समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

पत्रकार महासंघ कालिकोट सचिव खडानन्द अधिकारीले कोरोना संक्रमितको संख्या तीव्र गतिले बढ्दै गएकाले अहिले संक्रमित देखिएकाको अवस्था सामान्य रहेको बताए । उनले भने, ‘तपाइँहरु छिट्टै निको भएर घर फर्किनुहुन्छ भन्ने आशा मनमा लिएका छौँ ।’ केही समस्या नमान्न संक्रमितलाई भरोसा दिएका छन् । संक्रमितहरुको अवस्था सामान्य रहेको र दिनमा दुई पटक स्वास्थ्य जाँच भइरहेको विरामीको जाँचमा खटिएका स्वास्थ्य कर्मीहरुले बताएका छन् । विरामीलाई ठूलो समस्या देखिए तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *