पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जना लाई घर पठाइयो

नमराज न्यौपाने पलाता
कालिकोट जिल्लाको पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । १४ दिन पूरा गरेपछी पचालझरना गाउँ पालिका स्वास्थकर्मिले गरेको कोरोना चेक जाँच पछि ४२ जनाकै रिपोर्ट नेगेटिभ आयपछी घर पठाइएको स्वास्थ शाखा प्रमुख बिरेन्द्र संज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पचालझरनाको बयाला स्थित आधारभुत बिधालयमा रहेका पचालझरनाका १३ नरहरिनाथ का २५ र रास्कोट नगरपालिकाका ४ जना गरि ४२ जना को यश अघि कंचनपुरको गड्डाचौकी र जितेगडामा परिक्षण भयको थियो ।

क्वारेन्टाइनमा १४ दिन पूरा भएपछि गाउँ पालिका अध्यक्ष खडक राज सेजुवाल उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा स्वास्थकर्मिले स्वास्थ परिक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको हो । अध्यक्ष सेजुवालका अनुसार घरमा सात दिन होम क्वारेन्टाइन बस्ने गरि पैदल बाटो हुँदै घर पठाइएको र त्यहा बाट जनप्रतिनिधि स्वास्थकर्मी शुरक्षाकर्मी लगाएतले बिदाइ गरेको बताइएको छ । पचालझारनाको ज्ञानोदय मा बि रान्मकोटमा ८० जना र कोटिलामा ३० जना भारत बाट आयका नागरिक क्वारेन्टाइनमा बस्दै आइरहेका हुन । बयालाको गोठीमा बस्ने हरु समेत चेक जाचका शाथ घर पठाइएको गाउँ पालिकाले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *