जिल्लामा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कर्ण कुमाल
कालीकोटमा काम गर्ने संचारकर्मीहरुको कोरोना परीक्षण गरिने भएको छ । संक्रमणका बेला जोखिम उठाएर रिपोटिङ गर्नु पर्ने भएपछि कालीकोट जिल्ला पलाता गाउपालीका अध्यक्ष लक्ष्मण बहादुर बमको सहयोगमा  पत्रकारहरुको कोरोना परिक्षण गर्न लागिएको हो। लक्ष्मण बहादुर बमको सहयोगमा कालीकोट सबै सञ्चारकर्मीहरुको जोखिमलाई मध्यनजर राख्दै कोरोना परिक्षण गर्न लागिएको प्रेस संगठनका जिल्ला अध्यक्ष भरतराज बिष्टले बताउनु भयो ।

कोरोना संक्रमणका बेला अग्रपंङितमा रिपोटिङ गर्न जानु पर्ने भएको कारण पनि अध्यक्षले संक्रमणको परिक्षण गर्न लागेको बताउनु भयो। देशका अन्य भागमा पत्रकारहरु पनि कोरोनाबाट संक्रमित हुन थालेपछि अध्यक्ष बमले यो पहल सुरु गरेका हुन।

कोपिला भ्याली सेवा समाज सुर्खेतले कालीकोट जिल्लाका ९ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कालीकोट जिल्लामा रहेका ९ वटै स्थानीय तहमा रहेका क्वारेन्टाईनमा बसेका नागरिकको स्वास्थ्य सुरक्षाका लागी कर्णाली प्रदेश सरकारको समन्वयमा कालीकोट जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि कोपिला भ्याली समाजले स्वास्थ्य सामाग्रि कालीकोट जिल्लालाई दिएको हो । प्रत्येक स्थानीय तहलाई न्युनतम ३ सय देखि ८ सय पिस मास्क, सेनेट्राईजर, ग्लोप्स, लगायतका सामाग्री दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *