कालिकोटका युवाद्धारा विरोध ,एमसीसी पास भएमा कडा संघर्षमा जाने युवाको चेतावनी

कालीकोट जिल्लाको सदरमुकाममा देश बेच्न पाईदैन रास्ट्रघाती  मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाईदैन भन्ने जस्ता नराहरु लगाउदै कालिकोटका युबाहरुले प्रतिमा चोकमा कोणसभा गरेका छ्न । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कुनै पनि हालतमा युबाहर्रुले पास हुन नदिने यदि पास भएमा कडा संघर्षमा जाने चेतावनी दिएका छन ।


युवा तथा विद्यार्थी नेता हिक्मत जङ्ग मल्लको नेतित्वमा खटिएका युबाहरुले भारतीय बिस्तार वाद र अमेरिकी सामाराज्य वाद मुर्दा वाद जस्ता नराहरु समेत लागएको थिए विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको विरुद्ध देशव्यापी भन्डाफोर आन्दोलनका कार्यक्रम मल्ले बताए ।‘अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको हो ।

यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ’, उनले भने, ‘विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुँदा हुँदै आफ्ना छु्ट्टै सैनिकदेखि काम गर्ने, विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा छैन ।’एक दिन जनताले बहिस्कार गरेरै छाड्ने बताए ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर नेपाली हामी आफ्नै पौरखले बाचेका छौ रिजेक्ट  मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भनेर लेखेका काड समेत देखिन्छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *