आइसोलेशनको व्यवस्थापनका लागि जिल्ला समन्वय समिति कालीकोटले पाच लाख बराबरको सामाग्री हस्तान्तरण

कर्ण कुमाल

जिल्ला समन्वय समिति कालीकोटले आइसोलेशनको व्यवस्थापनका लागि सिरक, डस्ना , सिरानी, तन्ना, पिफोम, ,मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स हस्तान्तरण गरेको छ  । जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले कालीकोटमा रहेका आइसोलेशन व्यवस्थपनका लागि १ सय सिरक, १ सय डस्ना र १ सय सिरानी,१ सय तन्ना,१ सय पिफोम, ,मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई  पाच लाख बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिडको संक्रमण कालीकोटमा दिनानुदिन बृद्धि हुर्दै गएपनि संक्रमितलाई ओड्ने ओछ्याउनेको समस्या हुन नदिनका लागि जिल्ला समन्वय समितिलाई सिरक डस्ना , तन्ना, पिफोम, ,मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स दिएको हो । कालीकोट जिल्लामा भेटिएका संक्रमितहरुलाई सुत्न सहजहुने भएकाले जिल्ला समन्वय समितिले सिरक, डस्ना, तन्ना, पिफोम, ,मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स दिएको समन्वय समिति प्रमुख अनिपाल शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले कोरोना भयावहक रुपमा बृद्धि हुर्दै छ विरामी बढ्र्दै गएपछि उत्तिखेरै नपाइने भएकाले विरामीको चाप अहिले कम भएकाले समन्वय समितिले सहयोग गरेको हो । संक्रमण थप फैलिन नदिन कालीकोट जिल्लाको सीमा नाका प्रयोग गरी आउने व्यक्तिको जाँच र निगरानीमा सुरक्षा निकायले आवश्यक थप कडाइ गर्ने, जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएका सन्दर्भमा बन्दाबन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने सबै लाई अग्रह गनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *