सेभ द चिल्ड्रेनले शुभकालीका गाउपालीका भित्रका ८३ जना अति विपन्न परिवारलाई राहत वितरण

कुर्ण कुमाल

कालीकोटको शुभकालीका गाउपालीकाका भित्रका ८३ जना अति विपन्न बालबालिका परिवारलाई राहत वितरण गरिएको छ । ८३ जना अति विपन्न बालबालिका परिवारलाई राहत स्वरुप चामल ३० केजि दाल ३ केजि तेल २ पाकेट नुन २ पाकेट राहत वितरण गरिएको छ ।

लामो समय देखी लकडाउनका कारण घरमै वस्न वाध्य भई विहान वेलुकी हातमुख जोड्न गाह्रो भएका अति विपन्न परिवारलाई शुभकालिका गाउपालिका को समन्वय र सेभ्द चिल्ड्रेन को साझेदारि किडाक नेपाल को सहयात्रा परियोजना को सहयोगमा राहत बितरण गरिएको हो । शुभकालीका गाउपलाीका बडा न २ का बडा अध्यक्ष मन बहादुर शाहिले राहत वितरणका लागि स्थानीय गैरसरकारी सँस्था, सेभ द चिल्ड्रेन को साझेदारि किडाक नेपाल को सहयात्रा परियोजनले सहजिकरणको भुमिका खेलेको वताउनुभयो । कार्यक्रम लागू भएदेखि ठुलो सहयोग भएको र यस्ता कार्यक्रम निरन्तरता दिनु पर्ने शाहीले बताउनु भयो ।


उहाँले सेभ द चिल्ड्रेन को साझेदारि किडाक नेपालकाकै सहयोगमा ८३ घरपरिवारलाई रु १ लाख ७४ हजार ९सय ६४ रुपौया वरावरको चालम दाल, नुन र तेल वितरण गरेको वताउनुभयो । शुभकालीका गाउपालीका वडा नं ४ का वडा अध्यक्ष राम बहादुर शाहिले दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्न गाह्रो भएको बेला अति विपन्न बालबालिका घर परिवारलाई राहत वितरण गरेकोमा धन्यबाद समेत दिनु भयो । उहाँल शुभकालीका गाउपालीका भित्रका अति विपन्न नागरिकहरुको समुह निधारण गरेर राहत वितरण सुरु गरेको वताउनुभयो । शुभकालीका गाउपालीका भित्रका नागरिकलाई लकडाउन अवधिभर भोकै रहन नदिने शाहीले वताउनु भयो ।

किडाक नेपालका परियोजना सयोजक प्रकाश बहादुर शाहीले सेभ द चिल्ड्रेन को साझेदारि किडाक नेपालको सहयात्रा परियोजनाको सहयोगमा शुभकालिका गाउपालीकाका वडा १ देखि ८ सम्म का अति जोखिम घरपरिबार का ८३ जना राहत चामल ३० केजि दाल ३ केजि नुन २ पाकेट तेल २ पाकेट बितरण गरिएको शाहीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *