‘पलाँती कान्छा’ को कोसेली यात्रा कोरोना कहर

कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) सुर्खेत लाटी कोइलीको पलाँती बस्तीमा पुग्ने तयारी गरे । कोरोनाको कहरमा पलाँताका अनुहारहरु हेर्न जाँदा रित्तो हात जान उनको मनले मानेन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ मा रहेको पलाँती बस्तीमा राहत सामाग्रीको गाडी लिएर बम पुगे ।

राहतको गाडीमा अध्यक्ष बम पुग्दा पलाँतीवासी बसेको टोलका सबै खुसी भए । पलाँतीवासीले सोचेका थिएकी गाउँपालिकाले बाहिर बसेकालाई राहत दिँदैन । तर राहत लिएर अध्यक्ष बम पुग्दा दोहोरो हालखबर (भलाकुसारी) भयो । गाउँभरिकाले राहत पाउँदा अध्यक्ष बमको प्रशंसा गरे । जे होस् थोरै भएपनि लकडाउनको झमेला खेपेका पलाँतीवासीले राहत पाए । राहत दिने भन्दापनि व्यक्तिगत रुपमा कोसेली दिएको गाउँपालिका अध्यक्ष बमले टोलीवासीलाई सुनाए । ‘गाउँपालिका भन्दा बाहिर राहत वितरण गर्ने गाउँपालिको कार्यविधि नभएकाले व्यक्तिगत नासोको रुपमा ल्याएको छु’, उनले भने, ‘महामारीको कहरमा कुनै समस्या भएमा मलाई खबर गर्नु होला ।’ ‘पालाँती कान्छा भनेर’ उपनाम प्यारो मान्ने अध्यक्ष बमको सहयोगले धेरै पीडीत मनहरु खुसी भएका छन् ।

वीरन्द्रनगरको लाटीकोहीली रहेको पलाँताको बस्ती नजिकै रहेका बादी समुदायलाई पनि अध्यक्ष बमले राहत दिएका छन् । स्थानीय हरी नेपाली (बादी) लगायतका ७ घरधुरीमा राहत वितरण गरिएको छ । लगडाउनको चपेटामा परेका पालाँतीवासी र बादी समुदायले राहत पाउँदा निकै खुसी भएका छन् । लकडाउनले काम गर्न नपाएर रोटीरोजी खोसिएका बेला बादी समुदाय राहत पाउँदा निकै खुसी भएका छन् । कालिकोट पलाँताका अध्यक्षबाट चामल तेल पाउँदा केहि दिन खाना खान सहज भएको स्थानीय हरी बादीले सुनाए । उक्त टोलमा पलाँताका १९ घर र बादी सुर्खेतकै बादी समुदाय गरी २६ जनाले राहत पाएका छन् ।

कोरोनाको कहरुमा लकडाउन यता गाउँपालिका अध्यक्ष बमले व्यक्तिगत रुपमा २२७ जनालाई राहत वितरण गरेका छन् । पलाँता घर भएका सुर्खेतमा बस्ने अधिकांशले राहत पाउनु साथै सुर्खेतका वाढी पीडितलाई समेत राहत वितरण गरिको छ । खुला आकासको पालमुनी बसेको दलित समुदायलाई चामल र तेल वितरण गरिएको छ । पलाँता गाउँपालिकाभन्दा बाहिर कालिकोटको शुभकालिका गाउँपालिकाका १४ जना, तिलागुफा नगरपालिकामा ६ जना, महावै गाउँपालिकामा ८, नरहरिनाथ गाउँपालिकामा ५ जनालाई राहत वितरण गरिएको अध्यक्ष बमले बताए । त्यस्तै रास्कोट नगरपालिकामा ९ जना र खाँडाचक्र नगरपालिमका १३ जना, सान्नीत्रिवेणी गाउँपालिका १३ जनालाई राहत वितरण गरिएको छ ।

जुम्लाका विभिन्न स्थानीयतहका १९ जनालाई समेत राहत वितरण गरिएको अध्यक्ष बमले बताए । गाउँपालिकाको तर्फबाट ७८ जनालाई गाउँपालिकाभित्रै राहत वितरण भएको अध्यक्ष बमले जानकारी दिए । यसअघि पनि पलाँता अन्य विकासको तुलनामा नमुना गाउँपालिकाको रुपमा देशभर परिचित भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *