कालिकोटमा १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरेकाे महतको भनाई

कर्ण कुमाल

जिल्लामा हालसम्म जम्मा १ हजार ४ सय ८ जनाको कोरोना संखास्पत मानिसहरुको स्वाब संकलन गरिएको छ । जिल्लाको ९ वटै स्थानिय तहबाट शनिबारसम्म कोरोना परिक्षणका लागि १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकहादुुर महतका अनुसार बिदेशबाट आएका तथा संखास्पत ठाँउबाट आएका मानिसहरुलाई लक्षित गरी जिल्लाका ९ वटै स्थानिय तहबाट स्वाब संकलन गरी पिसिआर जाँच गरिएको हो । जसमा ७ सय ३५ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर रिपोर्ट नेगेटिभ आईसकेको छ ।

सूचना अधिकारी महतका अनुसार २ सय ९४ जनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षण भईरकेको छ भने ३ सय ७९ जनाको स्वाब शनिबार परिक्षणका लागि प्रतिष्ठानमा पठाईएको छ । हालसम्म जिल्लाका ९ वटै स्थानिय तहमा कोरोनाको संक्रमण फेला परेको छैन् । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ९ वटै स्थानिय तहमा भारतबाट आएका १ हजार ६ सय ९४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । ह २ हजार ६ सय ६४ बेडको क्वरेन्टाईनको व्यवस्था गरिएको छ । पछिल्लो समय भारतबाट करीव साडे ९ हजार बढी मानिसहरु जिल्लामा भित्रिने अनुमान गरिएको छ । दिन प्रतिदिन भारतबाट आउने मानिसहरु आईरहेका छन् । उनीहरुलाई लक्षित गर्दै क्वारेन्टाईनको संख्या बढाउने तयारी भईरहेको छ ।

जिल्लामा हालसम्म ५ सय २९ जनाको ¥यापिड टेस्ट गरिएको छ । ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले हालसम्म कोरोनाको संक्रमणका हिसावले जिल्ला मुक्त रहेको बताए । उनले भने, पछिल्लो समय भारतबाट आएका मानिसहरुबाट कोरोनाको संक्रमणको त्रास छ । उनीहरुलाई जुन गाडीमा आयो त्यसै गाडीबाट स्थानिय तहको क्वारेन्टाईनमा राख्ने व्यवस्थापन गरेका छौँ । उनीहरुको परिक्षण पनि भईरहेको छ । करीव साडे ६ सय जनाको रिपोर्ट आएको छैन् । क्वारेन्टाईनमा राखेका ५ सय बढी मानिसहरुको स्वाब संकलन गर्ने क्रम पनि जारी छ । उनीहरुको सबैको पिसिआर जाँच नसकिएसम्म ढुक्क भएर बस्न सकिने अवस्था छैन् । जिल्लाका सबै स्थानिय तहको समन्वयमा भारतबाट आउने मानिसहरुको व्यवस्थापनमा जुटिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *