पलाँतामा सुरु गर्यो खाद्यान्न बितरण अध्यक्ष बम

नमराज न्यौपाने पलाता

राहत सम्बन्धि मापदण्ड–२०७६ अनुसार पलाता गाउँ पालिकाले राहत वितरण गरेको हो । गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाको एक हप्ता भित्र खाद्यान्न बितरणको निर्देशन लगत्तै जनताको हात हातमा राहात पुग्दा स्थानीय खुशी भयका छन । सामाजिक दुरी कायमगरी विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी ९लकडाउन० बाट ज्याला मजदुरी गरेर आएको पैसाले किनेर छाँक टार्न बाध्य श्रमिक तथा असाहय व्यक्ति पलाताका वडाहरुका घरपरिवारलाइ गाउँ पालिकाले राहत स्वरुप खाद्यन्न सामान वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमले जानकारी दिनुभयो । पलाता का सम्पुर्ण वडाका घरधुरीमा पहिलो चरणमा राहत स्वरुप खाद्यन्न वितरण गर्न थालिएको अधिकृत बमको भनाई रहेको छ । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने भयको छ ।

पलाता गाउँ पालिकाले वडा नम्बर ७ का टोटल ३४८ घरधुरि लाई कोभिड १९ महामारि लाई मध्यनजर गर्दै प्रत्यक घरमा १ प्याक चामल र ५ पाकेट तेल वितरण गरिएको वडा सहायक कलम बमले जानकारी दिनुभयो । उहाका अनुसार आज दैनिकर टोल को ३८ घरधुरि लाई आजै वितरण गरियको छ भने ५ दिन भित्र प्रत्येक टोल लाई वितरण गरिसक्न अध्यक्ष बमको निर्देशन पछि बितरण गरिएको बताए ३८ घरधुरीलाई साद्य सामाग्री सहितको राहत बितरण गरेको छ । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने गाउपालिका अध्यक्ष बमले बताउनु भयो । त्यसै गरि वडानम्बर ५ र ६ मा पनि राहत बितरण गरिएको छ । पाँच र छ को डिटेल बुज्न खोज्दा यो समाचार तयार पार्दा सम्म वडा अध्यक्ष र वडा सहायक को मोबाइल मा सम्पर्क नभको हो । खाद्यान्न खरिदको जिम्मा स्थानिय बजारलाई दिएको र समानन्तर मुल्य र बजारलाई खरिदको जिम्मा दिने गरि अघिल्लो मैना बिपद ब्यबस्थापन समिति, कार्यपालिकाको निर्णय गरिसकेको र त्यसै अनुरुप बितरण गरेको कार्यालय श्रोतले जानकारि दिएको छ । गापाले खरिद गर्दा संका गर्ने हुदा अध्यक्ष बमको यो प्रस्ताव बैठकमा ल्याएर बैठकले सर्बसम्बत पास गरेको बिपत ब्यबस्थापन समिति सदस्य कटक महताराको धारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *