दोषीलाई कडा कारवाही गर्न दलित अधिकारकर्मिको माग

कालिकोटका दलित अधिकारकर्मिहरुले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।दलित अधिकारकर्मि तथा दलित संघ सस्थाका प्रतिनिधिहरूले बुधबार जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका छन ।

अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएका भन्दै सहायक प्रमुख जिल्ला अधिकारि युवाराज गुरागाईलाई ज्ञापन पत्र बुझाउदै नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन ।

ज्ञापन पत्रमा भनिएको छ, मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जातीय अहंकार सामान्ती व्रमाणवादका कारण निम्त्याएको बर्बरता र दलित समुदाय विरोधी तत्वहरुको अधिकारकमिले कडा निन्दा र भत्र्सना गर्ने उल्लेख गरिएको छ ।

नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यस्तै ९ बुधे माग सहितको ज्ञापन पत्रमा मृतक नवराज बि.क. लगायतलाई साँस्कृतिक शहिद घोषण गरि परिवारलाई क्षतिपुर्तिको ब्वयस्था गर्न माग गर्दै विवाह सम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख छ  ।

साथै ज्ञापन पत्रमा चौरजहारी घटना दलित समुदाय माथि भएको सामाजिक, साँस्कृतिक र राजनीतिक एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार दलित समुदाय सामु उदांगीएको भन्दै सवै दलित समुदाय एक हुनुको विकल्प नरहेको कुरा उल्लेख गरिएको छ ।

घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै संविधानको मर्मलाई मनन गर्दै मौलिक हक अन्र्तगत धारा २४ र ४० लाई प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरिएको छ ।

यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त घटना दलित समुदायलाई कुनै पनि हालतमा सैह्य नहुने भन्दै जुनसुकै कदम चल्न सक्ने पनि चेतावनी दिईएको छ ।

यस्तै कालिकोटको रास्कोटमा पनि दलित अधिकारकर्मिहरुले पश्चिम रुकुममा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छ ।

जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयनका लागी राज्यका सवै संयन्त्रहरु गम्भिर वनि व्यावहारीक रुपमा कार्यान्वयन गर्न भन्दै ७ बुधे माग सहित बुधबार रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बराललाई ज्ञापन पत्र बुझाएका छन ।

नगरपालिकाको कार्यलय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउदै दलित अधिकारकर्मि बिर तिरूवा, मन बहादुर नेपाली लगायतले दोषीलाई हदै सम्मका कैद सजायको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

मागहरु

१. पिडकलाई हदै सम्मको कैदको सजाय गरीयोस ।

२ .वेपत्ता पारीएका व्याक्तिहरुको यथासिघ्र खोजीकार्य संचालन गरी शास वा लास घरपरीवारलाई वुझाईयोस ।

३. पिडित पक्षलाई उचित न्याय सहित राहत प्रदान गरीयोस ।

४. यस घटनाको उचित छानविन गर्न उच्च स्तरी आयोगको गठन गरीयोस ।

५. सम्पुर्ण दलितहरुको सह अस्तित्व तथा सुरक्षा सहित वाँच्न पाउने अधिकारको ग्याारेन्टि गरीयोस ।

६. सहज तवरले अन्तरजातिय विवाह गर्ने खालको वातावरण सृजना गरीयोस ।

७. जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयनका लागी राज्यका सवै संयन्त्रहरु गम्भिर वनि व्यावहारीक रुपमा कार्यान्वयन गरीयोस ।

ज्ञापन पत्रको पुर्णपाठ खाँडाचक्र jwalakhabar.com

ज्ञापन पत्रको पुर्णपाठ रास्काेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *