खाँडाचक्र नगरपालिका ३ का वडा अध्यक्ष पाण्डे द्धारा कैदिबन्दिलाई स्वास्थ्य समाग्री हस्तान्त्रण

जिल्ला कारागार कालिकोटका कैदिबन्दिहरु लाई स्वास्थ्य समाग्री हस्तान्त्रण गरिएको छ ।खाँडाचक्र नगरपालिका वडा र्न ३ वडा अध्यक्ष महाबिर पाण्डेले कारगारभित्र रहेका ४७ जना कैदिबन्दिहरु लाई मास्क, सेनिटाईजर, सर्जिकल ग्वलोभ्स चार पिस थर्मोमिटर दिएका छन ।कारगारका जेलर नरबहादुर सार्किलाई सामाग्री हस्तान्त्रण गदै वडाध्यक्ष पाण्डेले कैदिबन्दिहरु लाई कोरोना संक्र्मण हुन नदिन, स्वास्थ्य समाग्री वितरण गरिएकोे बताए । उनले,भने, कोरोना भाइरस संक्र्मण हुन नदिन आफुहरुले घरघरमा सरसफाईका सामाग्री देखि जनचेतना र लकडाउनको पुर्ण रुपमा कार्यन्वयन गराउनका लागि कानुनको घेरामा रहेका कैदिबन्दिहरुको पनि रेखदेख गरिरहेको बताए ।


सामाग्री वुझ्दै कारगाराका जेलर नरबहादुर सार्किले, मास्क,सेनिटाईजर, को अभाव थियो, वडाअध्यक्षले दिएको स्वास्थ्य सामाग्रीले थप टेवा पुग्ने छ । जेलर सार्किले, अभाव अभावमा रहेको कारागारलाई यो सहयोगले ठुलो राहत पुग्ने भन्दै धन्यवाद दिएका छन ।साथै जेलर सार्किले जिल्लाकारगार कालिकोटमा कैदिबन्दिहरुको देखि विभिन्न विषयमा समस्या रहेको जानकारि पनि गराउनु भयो । उहाँले कारगारको भवन जिर्णभइसकेको, खानेपानिको अभाव, र कारागारका आउने नंया कैदिबन्दिलाई राख्न क्वारेन्टाईनको समस्या रहेको बताउनु भयो । नंया कैदिलाई भित्रराख्ने हो, भने, भित्रका कैदिबन्दिहरुले कोरोना संक्र्मण ह’ने भन्दै आन्दोलन गर्ने, वाहिर राखौ भने, वस्ने कोठा छैन । मुख्यतया भवनको अभाव रहेको बताउनु भयो । केहि दिन पहिले नंयाकैदि लाई भित्र राखेपनि भित्रका कैदिहरुले आन्दोलन गरेका थिए । आरडिटि परिक्षण र कसैको स्वास्थ्य परिक्षण नगरेरै भित्र वसाल्दा उनिहरुले आन्लोलन गरेका थिए ।


साथै उहाले कैदिहरुको स्वास्थ्य परिक्षणमा स्वास्थ्यकर्मिको अभाव रहेको पनि बताउनु भयो ।जिल्ला कारागार कालिकोटको भौतिक संरचनातथा कैदीबन्दीको अवस्थाका बारेमा उच्च तहबाट निरीक्षण हुँदै आएपनि सुधार हुन सकेको छैन । मुख्यमन्त्री देखि अन्य सांसद र स्थानियतहले कारागारको अवस्थाबारे पटक पटक निरीक्षण गरेपनि अहिले सम्म कारगारको समस्या सामाधान नभएको जेलर सार्किले बताए । उनले भने,कैदीबन्दीहरुको गुनासो बारे पटक पटक विभाग र मन्त्रालयमा कुराराखेपनि अहिले सम्म कारागारको समस्या जस्ताको तस्तै रहेको छ ,कारागारलाई सुधार गृहको रुपमा परिणत गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणको लागी पहल अहिले सम्म नभएको सार्किले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *