नेकपा पाटी परित्याग गरि संज्याल काँग्रेसमा प्रवेश

नेपाल कम्युनिष्ट पाटी नेकपा पाटी परित्याग गरि संज्याल काँग्रेसमा प्रवेश ।। नेकपाका पछिल्ला गतिविधि मन नपरेकाले पाटी प्रवेश गरेको भनाई ।। कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाका स्थानीय अर्जुन प्रसाद संज्यालले नेपाल कम्युनिष्ट पाटी नेकपा पाटी परित्याग गरि काँग्रेसमा प्रवेश गनूृभएको छ । लामो समयदेखि नेकपाको कार्यकता रहनुभएका संज्यालले पछिल्लो समयमा नेकपाले जनताको इच्छा, आकाँक्षा बमोजिम काम गर्न नसकेकाले आफुले पाटी परित्याग गरेको बताउनुभयो ।

म शहिद परिवारको मान्छे हुँ मलाई अहिलेसम्म पाटीले कुनै अवसर दिएर त्यसमा दुख छैन तर पनि पछिल्लो समय बहुमतको सरकार भएका बेला जनताको आवश्यकता पुरा गर्नुपर्ने हो त्यो त गर्न सकेन पाटीको विधिविधान अनुरुप पनि चल्न नसकेको हुदा आफुले जनताको आवश्यकता पुरा गर्ने लोकतन्त्रको रक्षा गर्ने पाटी नेपाली काँग्रेस रोजेको बताउनुभयो । पाटी प्रवेशमा पाटीको सदस्यता दिदै नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सहसचिव एवं क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले गाउँमा गएर पाटीको संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो अहिले विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला कालीकोटका नागरिकलाई जनचेतना फैलाउन कार्यकतालाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मत विष्टले अविर र खादा ओडाएर पाटीमा प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *