कोरोना भाइरसको संक्रमण फैलिन नदिन रास्काेट नगरपालिकाले सचेतनामुलक काम गरेकाे प्रमुख प्रशासकीय अधिकृत आचार्यकाे भनाई

जिल्लाको रास्कोट नगरपालिकाले कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम नियन्त्रणका लागि नगरपालिकाले कुनै पनि कसुर वाकि नराखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधकृत प्रेम प्रसाद आचार्यले बताउनु भयको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले सचेतनामुलक कार्यक्रम संचालन, राहात बितरण, नेपालका विभिन्न ठाउमा रहेका र भारतमा अलपत्र परेका नागरिकको उद्धारलाई तिब्रता दिईरहेको आचार्यले कोरोना भाईरस रोकथाम विशेष गरेकाे बताउनुभएको छ ।

उहाँले भन्नुभयो, रास्कोट नगरपालिकामा कोरोना भाईरसको जोखिम बढ्न नदिनका लागि बिभिन्न मुलुकबाट आयका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्नका लागि क्वारेन्टाइनको ब्यबस्थापन र स्वास्थ्य सामाग्रिको कुनै कमि हुन नदिन कर्मचारि र सम्पुर्ण जनप्रतिनिधिहरु एकभएर लागिरहेको बताउनु भएको हो । उद्धार गरेर ल्याएका वा संकास्पद ब्यक्तिलाई क्वारेन्टाइनमा राख्नका लागि नगरपालिकाले छुट्टै क्वारेन्टाइनको ब्यबस्था गरेको र थप क्वारेन्टाईन निमार्ण हुदै गरेको छ ।

पहिले गाउँमा संचालन भएका विद्यालयमा क्वारेन्टाइन निर्माण गर्दा आम नागरिकहरुको ओहोर दोहोर हुने सम्भावना बड्दा यसले संक्रमण बढ्ने सम्भावना भएकोले गाउँभन्दा टाढा क्वारेन्टाइन निर्माण गर्न थालिएको र अवको केहि दिनमा सान्तिघाटमा १ सय बेडको क्वारेन्टाइन निर्माण गरिसक्ने आचार्यले रेडियो बहस कार्यक्रममा बताउनु भयो ।

1111111
यतिबेला आम नागरिकको प्रश्नको विषय बनेको छ, मापदण्ड अनुसार क्वारेन्टाईन निमार्ण हुने गरेको छ ? भन्ने प्रश्नको जवाफमा आचार्यले केन्द्र सरकार,प्रदेश सरकारले त मापदण्ड अनुसारको काम गर्न सकेको छैन भने भौगोलिक विकटताका क्षेत्रमा यसको सम्भावना पनि नरहेको र बजेटको पनि अभाव हुने गरेको उहाँले बताउनु भयो ।विश्वव्यापि रुपमा फैलियको महाँमारिको रोकथामका लागि भन्दै रास्कोट नगरपालिकाले,क्वारेनटाईन निमार्ण,व्यवस्थापन,खाना नास्ता,नागरिकको उद्धार,राहत वितरण र स्वास्थ्य सामाग्रि खरिदमा अनुमानित ९० लाख बराबरको रकम विपत कोषबाट खर्च भैसकेको बताउनु भयो । थप ब्यबस्थापनका लागि तत्काल कार्यपालिकाको बैठकले ६० लाख रकम रकममान्तरण गरि विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निणय गरेको समेत बताउनु भयो ।

नगरपालिकाले स्वास्थ्य सेवामा नागरिकहरुलाई सहज तरिकाले पहुँचमा पुगाउनका लागि औसधि र उपकरण खरिद गरि ब्यबस्थापन गरेको उहाँले बताउनु भयो ।केन्द्र सरकार र प्रदेश सरकारले समयमै दुर्त परिक्षण गर्न नसक्दा आज यो भयावह अवस्था आएको र अन्तिममा आएर सबै जिम्मा स्थानिय तहलाई दिदा काम गर्न कठिनाई भएको उहाँको भनाई छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि विभिन्न क्षेत्रमा नगरपालिकाले गरेको खर्च विवरण अन्तिममा नगरपालिकाका सबै नागरिकहरुको अगाडि सार्वजनिक सुनुवाई गर्ने बताउनु भयो । नगरपालिकाले नागरिकहरुको सुचनाको हकको पनि पालना गरेको र सबै सुचनाहरु नागरिकहरु समक्ष जानकारी गराउने गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाका भौतिक विकास निर्माणमा पनि लकडाउन पहिले नै धरै ठुला योजनाहरु सम्पन्न गरिसकेको र केन्द्र र प्रदेश सरकारवाट आउने वजेट समयमा नआउदा केहि योजनाहरु निर्माण सम्पन्न गर्न नसकिएको उहाँको भनाई छ । कर्मचारी र दक्ष जनशक्तिको अभावका विच पनि नगरपालिकाले विकास निर्माण र नागरिकहरुलाई दिनु पर्ने सेवा दिइरहेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *